

महेन्द्रनगर । डडेल्धुराको परशुराम नगरपालिका–९ नौलामा जिप दुर्घटनामा भएको छ। कञ्चनपुरको दैजीदेखि डडेल्धुराको जोगबूढा जाँदै गरेको जिप मंगलबार दिउँसो दुर्घटना भएको हो ।

दैजी–जोगबूढा सडक खण्डमा मोडबाट जिप करिब ५० मिटर तल खसेको छ। अहिले दुर्घटनास्थलमा ईलाका प्रहरी कार्यालय जोगबूढाको टोली पुगेको छ।
घटनास्थलमा रहेका परशुराम नगरपालिका–९ का अध्यक्ष देव बहादुर बोहराका अनुसार दुई जना महिलाको घटनास्थलमै मृत्यु भएको छ। शव अहिले घटनास्थलमै छन् ।
घाइते ९ जनालाई उद्धार गरेर उपचारका लागि अस्पतालतर्फ पठाइएको छ। घटनाको पूर्ण विवरण आउन बाँकी छ।

