ghar sansar

उदयदेब सहकारी र ब्रिक्सटन कलेजबीच समझदारी पत्रमा हस्ताक्षर

Amity

महेन्द्रनगर । उदयदेब बहुउद्देश्यीय सहकारी संस्था र ब्रिक्सटन कलेजले सहकार्यका लागि समझदारी पत्र (एमओयु) मा हस्ताक्षर गरेका छन् । कलेजमा मंगलबार कार्यक्रम गरी सहकारी र कलेजबीच समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

उदयदेब सहकारीका प्रमुख कार्यकारी अधिकृत गणेश बहादुर चन्द र कलेजका प्रिन्सिपल डा. भोजराज पन्तले समझदारी पत्रमा हस्ताक्षर गरे । कलेजका निवर्तमान प्रिन्सिपल निशा भट्ट लगायतका कार्यक्रममा सहभागी भए ।

lotus institite

उदयदेब सहकारीका प्रमुख कार्यकारी अधिकृत चन्दले विद्यार्थीहरुको शैक्षिक सिकाईलाई व्यवहारिक बनाउने लगायतका लक्ष्य राखेर समझदारी पत्रमा हस्ताक्षर गरिएको बताए ।

‘कलेज र सहकारी संस्था बीच एक रणनीतिक साझेदारी स्थापना गर्नु हो’ उनले भने, ‘यस साझेदारीले विद्यार्थीहरूको शैक्षिक सिकाइलाई व्यावहारिक अनुभवसँग जोड्दै इन्टर्नशिप, रोजगारीको अवसर, र संयुक्त अनुसन्धानका सम्भावनाहरू सिर्जना गर्न उद्देश्य राख्दछ ।’

समझदारी अनुसार कलेजले सहकारीलाई शैक्षिक स्रोत, विद्यार्थीमा पहुँच र कार्यक्रम आयोजना गरी सहयोग गर्नेछ । त्यसैगरी सहकारीले विद्यार्थीहरूलाई व्यावहारिक तालिम, रोजगार अवसर र संस्थासंग सम्बन्धित अनुभव प्रदान गर्नेछ समझदारी पत्रमा उल्लेख गरिएको छ ।

‘यस आपसी लाभदायी साझेदारीले विद्यार्थीहरूको करियरमा सहजता ल्याउने, अनुसन्धानमा नवप्रवर्तनलाई प्रोत्साहित गर्ने, र शैक्षिक संस्थाहरू र बित्तिय सस्था बिच सम्बन्ध बलियो बनाउने उद्देश्य राख्दछ’ प्रमुख कार्यकारी अधिकृत चन्दले भने ।

 

Himal dental
सम्बन्धित
Loading...