ghar sansar

एनएमबि बैंकको सहयोगमा साधारण स्कुलमा मोटरसाईकल स्टेण्ड निर्माण, बैंकका सुदूरपश्चिम प्रमुख अधिकारी र विद्यालयका अध्यक्ष विष्टले गरे उद्घाटन

Amity

महेन्द्रनगर । एनएमबि बैंक लिमिटेड महेन्द्रनगर शाखाको सहयोगमा महेन्द्रनगर माध्यामिक विद्यालय (साधारण) मोटरसाईकल स्टेण्डको निर्माण कार्य सम्पन्न बुधबार औपचारिक कार्यक्रम गरी उद्घाटन गरिएको छ ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीलाई साईकल राख्न सहज र सुरक्षित हुने साथै विद्यार्थीको शैक्षिक विकासमा समेत सहयोग पुग्ने उद्देश्यले विद्यालयलाई साईकल स्टेण्ड निर्माण गर्न आर्थिक सहयोग प्रदान गरेको छ ।

lotus institite

बिद्यालयमा बुधबार आयोजित कार्यक्रममा बैंकका सुदूरपश्चिम तथा कर्णाली प्रदेश प्रमुख श्याम अधिकारी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रराज विष्टले संयुक्त रुपमा उद्घाटन गरे ।

कार्यक्रममा बैंकका बरिष्ठ एरिया मेनेजर शुसिल बहादुर सिंह, महेन्द्रनगर शाखा प्रबन्धक खेमराज उपाध्याय, बिजनेश डेभलोप्मेन्ट म्यानेजर अन्जु भट्ट र विद्यालयका प्रधानाध्यापक देबराज भट्ट, सहायक प्रधानाध्यापकद्वय भुवनदेव लेखक र सरस्वती भाट, शिक्षक प्रतिनिधि बीर बहादुर भण्डारी, लेखापाल महानन्द पाण्डेय, रेडक्रस संयोजक विष्णु दत्त भट्ट, विद्यालय व्यवस्थापन समिति सदस्य, शिक्षक, कर्मचारी सहभागी भएका छन् ।

एनएमबि बैंक लिमिटेड Bank of the Year, Nepal 2017,2018 & 2020 तथा The Bank of The Year Asia 2021 हो ।

Himal dental
सम्बन्धित
Loading...