ghar sansar

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान सुपरजोन सञ्चालक समिति संयोजकमा दशरथ धानुक चयन

janjyoti campus

महेन्द्रनगर । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, धान सुपरजोन सञ्चालक समिति संयोजकमा दशरथ धानुक चयन भएका छन् । उनी भीमदत्त नगरपालिका १६ स्थित रत्न बहुउद्देश्यीय कृषि सहकारी संस्थाका अध्यक्ष हुन् ।

सञ्चालक समितिका लागि जिल्ला भरबाट छनौट गरिएका ९ सदस्यबाट धानुक बिहीबार संयोजक चयन गरिएका हुन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई कार्यालयको सभा कक्षमा भेला गरिएको हो ।

western public academy

भेलाबाट शुक्लाफाँटा नगरपालिकाको विश्वास कृषि सहकारी संस्थाका कमला ओझा उप संयोजक र सम्झौता बहुउद्देश्यीय सहकारी संस्था बेलौरीका राजेन्द्र बहादुर सिह सचिव चयन भएका छन् । समितिमा अन्य सदस्य छन् ।

dirhayu

समिति सदस्यमा शुक्रबार बहादुर तामाङ्ग, कविता घर्तीमगर, कमला कुमारी चौधरी, केशवदत्त भट्ट, खगेश्वर प्रसाद पाण्डेय र बसन्ती कुँबर सदस्य छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, गहुँ जोन सञ्चालक समितिका संयोजक र उप संयोजक यस अघि चयन भई सकेका छन् । भीमदत्त नगरपालिका ७ का धन सिह ठगुन्ना गहुँ जोन सञ्चालक समिति संयोजक भएका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत कञ्चनपुर धान सुपर जाने र गहुँ जोन निर्धारण गरी कार्यक्रम सञ्चालन हुँदै आएको छ । धान सुपरजोन अन्र्तगत लालझाडी गाउँपालिका र दोधारा चाँदनी नगरपालिका सबै स्थानीय तहमा कार्यक्रम सञ्चालन छन् ।

सरकारले कृषि उत्पादकत्व वृद्धि, कृषि यान्त्रिकीकरण तथा व्यवसायीकरण गर्ने लक्ष्यमा दशक अघि परियोजना सञ्चालन गरेको
हो ।

Himal dental
सम्बन्धित
Loading...