ghar sansar

समृद्धि, विकास र अस्थिरता अन्त्यका लागि काँग्रेस एमाले सरकार बनायौ : मन्त्री थापा

Amity

महेन्द्रनगर । सुदूरपश्चिमका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिह थापाले राजनीति अस्थिरतता अन्त्य, समृद्धि र विकासका लागि दुई ठूला दल काँग्रेस एमाले मिलेर सरकार गठन गरिएको बताएका छन् ।

होली फेमली क्रिकेट एकेडेमीले नेपाली यू–१९ महिला क्रिकेट टिमका खेलाडी सावित्री धामी र स्नेहा महराको स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री थापाले उक्त कुरा बताएका हुन् । काँग्रेस एमाले मिलेर सरकार बनेपछि सरकार फेरि रहने अवस्था अन्त्य भएको मन्त्री थापाको भनाई थियो ।

lotus institite

‘सरकार फेरि रहने अवस्था थियो, त्यस कारण राष्ट्रको विकास र समृद्धि अघि बढ्न सकेन, राजनीतिक अस्थिरतताले समस्या भयो’ कार्यक्रममा उनले भने,‘त्यस कारण दुई ठूला मिलेर सरकार बनायौ, स्थिरता, आर्थिक विकास र समृद्धिका बाटोमा देशलाई लैजाने गरी अघि बढेका छौ ।’

एकेडेमीका अध्यक्ष भुपाल सिह विष्टको अध्यक्षतामा गरिएको कार्यक्रममा मन्त्री थापाले खेलाडीद्वय धामी, महरा र प्रशिक्षक जानकी भट्टलाई टिका, खादा र नगद पुरस्कार प्रदान गरी सम्मान गरे ।

मन्त्री थापाले खेलाडीलाई विश्वकप जितको अग्रिम बधाई दिँदै संघ र प्रदेश सरकार खेलकूदको विकासका लागि सधैं सक्रिय रुपमा लाग्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा दोधारा चाँदनीका मेयर किशोर लिम्बुले धामी र महरा सुदूरपश्चिमको मात्रै नभएर देशको गौरब भएको बताए ।

Himal dental
सम्बन्धित
Loading...