ghar sansar

विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टिमका दुई खेलाडीलाई भव्य सम्मान

little buddha academy
khasi

महेन्द्रनगर । नेपाली यू–१९ महिला क्रिकेट टिमका दुई खेलाडी सम्मानित गरिएका छन् । भीमदत्त नगरपालिका १० तिल्केनीस्थित होली फेमली क्रिकेट एकेडेमीले सावित्री धामी(सुधा) र स्नेहा महरालाई शनिबार स्वागत तथा सम्मान कार्यक्रम गरी सम्मान गरिएको हो ।

एकेडेमीको खेल मैदानमा कार्यक्रम गरी खेलाडीद्वय धामी र महरासंगै प्रशिक्षक जानकी भट्टलाई जनही नगद ३० हजार सहित सम्मान गरिएको छ ।

,orning glory badhai

सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह थापाले खेलाडी र प्रशिक्षकलाई टिका, दोसल्ला र नगद प्रदान गरी सम्मान गरे ।

मन्त्री थापाको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो । कार्यक्रमको अध्यक्षतामा एकेडेमीका अध्यक्ष भुपाल सिह विष्ट गरेका छन् ।
मन्त्री थापाले टिका र दोसल्ला ओढाएपछि खेलाडी र प्रशिक्षकलाई नगद प्रदान गरे ।

युएईको दुबहमा भएको आईसीसी यू–१९ महिला टी २० विश्वकपको एसिया छनोटमा नेपाली यू–१९ महिला टीम च्याम्पियन बनेको थियो । च्याम्पियन टोली सदस्य सुदूरपश्चिमका धामी र महरालाई एकेडेमीले कार्यक्रम गरी सम्मान गरेको हो ।

टोली सदस्यमध्ये धामी होली फेमली क्रिकेट एकेडेमीका प्रशिक्षार्थी खेलाडी हुन् । उनीसंगै सम्मानित महरा कैलालीको धनगढी हुन् ।
एकेडेमीले महरालाई आमन्त्रण गरी सम्मान गरेको हो । धामी भीमदत्त नगरपालिका ८ तिलौचारकी हुन् । उनी होली फेमली इङ्गलिश मिडियम स्कुलमा कक्षा १२ मा अध्ययनरत छिन् ।

कक्षा ५ बाट उनले होली फेमलीका अध्ययन गरेकी हुन् । होली फेमली स्कुलका संस्थापक भुपाल विष्टले क्रिकेट एकेडेमी स्थापना गरेका छन् ।

एकेडेमीको मैदानमा सम्मान अघि खेलाडीलाई बाजागाजा सहित परिक्रमा गराइएको छ । एकेडेमीबाट सुरु भएर जिमुवा, गड्डाचौकी, सुकासाल, तिलाचौर लगायतका स्थानमा बाजागाजा सहित परिक्रमा गरिएको छ । परिक्रमापछि गरिएको कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको छ ।

कार्यक्रममा विराटनगरमा सम्पन्न नरेश श्रेष्ठ स्मृति क्रिकेट प्रतियोगिताका विजेता सुदूरपश्चिम प्रदेशको टोली सदस्य नरेश थापालाई पनि नगद सहित सम्मान गरिएको छ ।

dirghayi clinic

कार्यक्रमका विशिष्ठ अतिथि दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बुले थापालाई सम्मान गरे । उनी होली फेमली इङ्गलिश मिडियम स्कुलका विद्यार्थी हुन् । उनलाई नगद १० हजार सहित सहित सम्मान गरिएको छ । कार्यक्रममा यु १९ महिला क्रिकेट टीमकी उप कप्तान विन्दु रावललाई पनि नगद सहित सम्मान गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि मन्त्री थापाले खेलाडीद्वय धामी र महराले सुदूरपश्चिम र देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने कार्य गरेको भन्दै खुसी व्यक्त गरे ।

‘आज धेरै खुसी छु, वास्तवममा हाम्रो देशलाई विश्व सामु चिनायौ, ती खेलाडीले विश्वका कुनाकुनामा चिनियौ, इतिहार रचेत टोली फर्कियौ’ उनले भने,‘अब विश्वकपमा जितेर यसलाई अझै उचाईमा पुगाउने आशा गर्छु ।’

मन्त्री थापाले खेलाडीहरुलाई उच्च मनोबल दिएर विश्वकप खेल्न आग्रह गर्दै सुदूरपश्चिमको पहिचानलाई अझै उच्चतम विन्दुमा पुगाउने आशा व्यक्त गरे ।

आगामी वर्ष मलेसियामा विश्वकप टी २० हुन लागेको छ । मन्त्री थापाले नेपाली टीमलाई जितको अग्रिम बधाई एबम् शुभ कामना दिए ।
कार्यक्रमका विशिष्ठ अतिथि दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले विश्वकपका छनौट हुन सुदूरश्चिम मात्रै नभएर देशका लागि गौरब भएको बताए ।

मेयर लिम्बुले होली फेमली क्रिकेट एकेडेमीका अध्यक्ष विष्टले खेलकूद विकासका लागि पुगाएको योगदानको प्रशंसा गर्दै सधैं साथ र सहयोग रहने बताए ।

कार्यक्रममा नेपाल क्रिकेट संघ(क्यान) का केन्द्रीय सदस्य बिरेन्द्र बहादुर चन्द, कञ्चनपुर जिल्ला तेक्वान्दो संघका अध्यक्ष ज्ञानेन्द्र बहादुर सिह लगायतले शुभ कामना मन्तव्य राखे ।

होली फेमली क्रिकेट एकेडेमीका उपाध्यक्ष नारायण दत्त भट्टले कार्यक्रममा स्वागत गर्दै विश्वकपका लागि छनौट भएर देशको सम्मान बढेको बताए ।

होली फेमली क्रिकेट एकेडेमीका अध्यक्ष विष्टले एकेडेमीले क्रिकेट खेलको विकासका लागि सबैको साथ र सहयोग लिएर अघि बढ्ने बताए । अध्यक्ष विष्टले थप सुविधा सहितको आधुनिक क्रिकेट खेल मैदान बनाउने जानकारी दिए ।

क्रिकेट एकेडेमीका हरिश सिह ठगुन्नाले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा भीमदत्त नगरपालिका ११ का वडा अध्यक्ष प्रकाश थापा, सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मणदत्त भट्ट, सदस्य आशिष खत्री, क्रिकेटका प्रशिक्षक विरेन्द्र बहादुर शाही, होली फेमली क्रिकेट एकेडेमीका प्रशिक्षक सन्तोस भट्ट लगायत खेलाडी, विद्यार्थी, शिक्षक, कर्मचारी, स्थानीय सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...