ghar sansar

कञ्चनपुरमा १० औं उद्योग दिवस मनाइयो

khasi

महेन्द्रनगर । घरेलु तथा साना उद्योग कार्यालय कञ्चनपुरले १० औँ उद्योग दिवस मनाएको छ । कार्यालयमा कार्यक्रम गरी दिवस मनाइएको छ ।

dirghayi clinic

जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रममा भीमदत्त नगरपालिका ४ का वडा अध्यक्ष सुशिल कुमार भट्ट, कञ्चनपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष सुरेश गुरुङ्ग, घरेलु उद्योग महासंघ कञ्चनपुरका अध्यक्ष हरि प्रशाद जोशी, नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष माधव सिह धामी, घरेलु कार्यालयका प्रमुख हेमन्त बहादुर सिह लगायतका सहभागी भएका छन् ।

कार्यक्रममा कार्यालयका अधिकृत छैटौँ राजेन्द्र प्रशाद भट्टले प्रतिवेदन प्रस्तुत गरे । प्रतिवेदनमा १० हजार ९ सय ११ उद्योग र १२ हजार २ सय १७ वाणिज्य तर्फ फर्म दर्ता उल्लेख गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...