ghar sansar

महाकाली प्रादेशिक अस्पतालमा सिटी स्क्यान मेसिन खरिदका लागि ठेक्का, धनगढी जानु पर्ने बाध्यता हट्ने

khasi

महेन्द्रनगर । महाकाली प्रादेशिक अस्पतालले सिटी स्क्यान मेसिन खरिदका लागि ठेक्का खोलेको छ । सुदूरपश्चिम प्रदेश सरकारले यस वर्ष मेसिन खरिदका लागि चार करोड बजेट छुट्याएको थियो ।

प्रदेश सरकारले विनियोजित बजेटमा एक साता अघि मेसिन खरिदका लागि ठेक्का खोलिएको हो । मेसिन खरिद ठेक्काका लागि दरभाउपत्र पेश पेश गर्न ४५ दिनको समय दिइएको छ ।

Anant bahu travels

महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले ठेक्का खोलेर मेसिन खरिद प्रक्रिया थालिएको बताए ।

dirghayi clinic

‘प्रदेश सरकारले चार करोड बजेट छुट्याएको थियो, त्यसैबाट एक हप्ता अघि ठेक्का खोलेका छौ, ४५ दिनको म्याद छ’ अध्यक्ष भट्टले भने, ‘यस अवधिभित्र ठेक्का प्रक्रियामा समावेश हुने इच्छुक फर्म कम्पनीबाट मेसिन खरिद हुन्छ ।’

महाकाली प्रादेशिक अस्पताल स्थापना भएको चार दशकपछि सिटी स्क्यान मेसिन खरिद गर्न लागेको हो । अस्पतालले १ सय ६५ स्लाइसको मेसिन खरिदका लागि प्रदेश सरकारसित ८ करोड बजेट माग गरेको थियो । प्रदेश सरकारले चार करोड मात्रै दिएपछि ६४ स्लाइसको मेसिन खरिद प्रक्रिया अघि बढाइएको हो ।

अस्पतालमा सिटी स्क्यान सेवा नहुँदा सवारी दुर्घटना लगायतका गम्भीर अवस्थाका विरामीलाई कैलालीको धनगढी रिफर गर्न पर्ने बाध्यता थियो । अस्पतालका अध्यक्ष भट्टले मेसिन खरिद गरी सेवा सञ्चालनमा आएपछि धनगढी जानु पर्ने बाध्यता हट्ने बताए ।

अस्पतालले आगामी चैतभित्र सेवा सञ्चालनमा ल्याउने गरी ठेक्का प्रक्रिया अघि बढाएको हो । ‘सबै प्रक्रिया पूरा गरी मेसिन आउँदासम्म चैतसम्म सञ्चालन गर्ने गर्ने सोच बनाएका छौ’ उनले भने ।

Himal dental
सम्बन्धित
Loading...