ghar sansar

भीमदत्त ६ को भगवती टोल, जहाँ काका, भतिजा, नाति र मीत छन् एक अर्काका चुनावी प्रतिस्पर्धी

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका ६ को उप निर्वाचनमा भगवती टोल चर्चाको केन्द्रमा छ । मंसिर २ गते उम्मेदवारी दर्तापछि यो टोलले सबैको ध्यान खिचेको छ ।

भगवती टोलबाट चार जना उम्मेदवार वडा अध्यक्षका लागि चुनावी प्रतिस्पर्धामा छन् । पहिलो पटक टोलबाट ठूलो संख्यामा उम्मेदवार प्रतिस्पर्धामा आएका हुन् । यस अघिका चुनावमा यो टोलबाट वडा अध्यक्षमा एक जनाले प्रतिस्पर्धा गरेका छन् । त्यस बाहेक टोल सदस्यले सदस्यको मात्रै चुनाव लडेका छन् ।

टोलका चार उम्मेदवारमध्ये दुई सत्तारुढ एमाले काँग्रेस तथा दुई जना प्रतिपक्षी दलका छन् । उनीहरुमध्ये सत्ता गठबन्धका काका भतिजा चुनाव प्रतिस्पर्धामा छन् । प्रतिपक्षी दलका उम्मेदवार पनि उनीहरुका नातेदार पर्छन् ।

एमालेका उम्मेदवार बहादुर चन्द चार जनामा सबैभन्दा सिनियर छन् । काँग्रेसबाट चुनावी प्रतिस्पर्धामा होमिएका प्रकाश चन्द बहादुर चन्दका सहोदर भतिजा हुन् । नेकपा एकीकृत समाजवादीका जितेन्द्र बहादुर चन्द (बाबु) नातामा बहादुर चन्दका नाति पर्छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार सुशिल कुमार भट्ट बहादुर चन्दका मीत हुन् ।

पूर्व पश्चिम राजमार्गको महेन्द्रनगर गड्डाचौकी सडक खण्डको अमिटी कलेज नजिकबाट उत्तरतिर पर्छ भगतवती टोल । राजमार्गबाट पक्की सडक टोलसम्म पुगेको छन् । यहीं पक्की सडकको एकातिर सत्ता गठबन्धनका काका भतिजा र अर्कोतिर प्रतिपक्षी दलका उम्मेदवार छन् ।

सडकको पूर्वतिर सत्ता गठबन्धनको एमालेका बहादुर चन्द र काँग्रेसका प्रकाश चन्द उम्मेदवार छन् । अर्कोेतिर प्रतिपक्ष दलका समाजवादीका जितेन्द्र चन्द र राप्रपाका सुशिल कुमार भट्ट उम्मेदवार छन् ।

यी चार उम्मेदवार टोलको ५० मिटर क्षेत्रमा छन् । उनीहरुमध्ये सत्ता गठबन्धनका काका भतिजा पहिलो पटक चुनावी प्रतिस्पर्धामा छन् । प्रतिपक्षका दुबै जनाले यस अघि स्थानीय तह निर्वाचन लडि सकेका छन् ।

राप्रपाका भट्ट वडा अध्यक्षका लागि तेस्रो पटक चुनावी प्रतिस्पर्धामा छन् । उनी यस अघि २०७४ र २०७९ मा चुनाव लडेका थिए । यसैगरी समाजवादीका चन्द २०७९ मा चुनाव लडेका थिए ।

मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार उप निर्वाचनमा दुई स्वतन्त्र सहित १२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । ६ नम्बर वडाका २६ टोलमध्ये सबैभन्दा बढी चार उम्मेदवार भगवती टोलका छन् । ५ हजार ५ सय मतदाता भएको ६ नम्बरको भगवती टोलका अन्य टोल भन्दा कम मतदाता छन् ।

टोलका चार उम्मेदवार भएपछि मतदाता र स्थानीय मौन छन् । उनीहरु मच माग्ने आउने सबैलाई उम्मेदवार सहयोग गर्ने आश्वासन दिँदै आएका छन् । उम्मेदवारहरु पनि भेट हुँदा एक अर्कोलाई बधाई र शुभ कामना दिने गरेका छन् ।

dirghayi clinic

राप्रपा उम्मेदवार भट्ट आफ्नै मित बहादुर चन्दसित चुनाव लड्ने भनेर कहिल्यै नसोचेको बताउँछन् । ‘वहाँ र म सानैमा मित लगाएको हौ, म ५÷६ मा पढ्थे, वहाँ ७÷८ मा पढ्नु हुन्थ्यो, त्यही बेला मित लगाएका हौ, हाम्रो मितेरी पूरानै हो’ उनले भने,‘मितज्यूसित यसरी चुनाव लड्ने भनेर सोचेको थिएन, परिस्थिति यस्तै भयो ।’

चुनाव प्रतिस्पर्धामा उत्रिएपछि आफूहरुबीच साँझ विहान भेटघाट हुने र एकले अर्कोलाई बधाई तथा शुभ कामना दिने गरेको उनले बताए । चुनावी प्रतिस्पर्धाले आफूहरुबीचको मितेरी साइनोमा केही समस्या नपर्ने उनी बताउँछन् ।

‘यो प्रतिस्पर्धा १६ गते साँझदेखि सकिन्छ, अहिले हामी आ–आफ्नो हिसाबले चुनाव लडेका छौ, १७ गतेपछि हामी पहिला जस्तै मित हुन्छौ’ उनले भने ।

राप्रपा उम्मेदवार भट्टको समाजवादीका उम्मेदवार जितेन्द्र चन्दको परिवारसित पनि मितेरी साइनो छ । भट्टका दाई चन्दका बुवाका मित हुन् ।

एमाले उम्मेदवार चन्द पनि सबै उम्मेदवार आफ्नो पार्टीको सिद्धान्त, विचार र घोषणा पत्र लिएर चुनावी मैदानमा होमिएकाले व्यक्तिगत सम्बन्धमा केही असर नपर्ने बताए ।

‘सबै जना आफ्नो पार्टीको सिद्धान्त, विचार, घोषणा पत्र, कार्यक्रम लिएर जनतामा गएका छौ, व्यक्तिगत सम्बन्ध सबैको एक अर्कासित राम्रो छ’ उनले भने,‘चुनाव लड्दा एक अर्काबीचको सम्बन्धलाई केही असर पारेको छैन ।’

चन्द शान्ति निकेतन माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक हुन् । चार महिना अघि शिक्षण पेशाबाट अनिवार्य अवकाश भएका उनी सागर एमालेको शिक्षक संगठनको राजनीतिमा सक्रिय थिए । भलिबल, कबड्डी, हेण्डबलका खेलाडी र भलिबलका रेफ्री भएका उनी २०७९ मा एमालेको गुमेको विरासत फर्काउने लक्ष्य लिएर चुनावी प्रतिस्पर्धामा होमिएको बताउँछन् ।

काँग्रेस उम्मेदवार चन्द चुनावी प्रतिस्पर्धाले सबै जनाबीच राम्रो सम्बन्ध भएको बताउँछन् । ‘उम्मेदवार एकै टोलका छौ, नाता गोताका छौ, चुनावी प्रतिस्पर्धामा छौ’ उनले भने,‘आफ्नो सिद्धान्त र विचार अनुसार प्रतिस्पर्धा गरि रहेका छौ, व्यक्तिको लडाई होइन, विचार र सिद्धान्तको लडाईमा छौ ।’

भगवती टोलबाट अहिलेसम्म वडा अध्यक्ष हुन सकेका छैनन् । २०७४ र २०७९ का निर्वाचित उम्मेदवार नव दुर्गा टोलका हुन् । २०७४ मा हरक सिह धामी र २०७९ मा महेन्द्र खड्का वडा अध्यक्ष निर्वाचित भएका थिए । खड्को गत वर्ष निधन भएको थियो । उनको निधनपछि उप निर्वाचन हुन लागेको हो ।

२०४९ मा एमालेका कविराज भट्ट र २०५४ मा एमालेकै रामदत्त भट्ट वडा अध्यक्ष निर्वाचित भएका थिए । २०७९ मा काँग्रेसले पहिलो पटक ६ नम्बरमा एमाले विरासत तोडेको थियो ।

काँग्रेसका उम्मेदवार चन्दलाई २०७९ को जितलाई निरन्तरता दिने चुनौती छ । उनी स्वर्गिय खड्काको योजनालाई अघि बढाउने लक्ष्य लिएर चुनावी मैदानमा छन् ।

Himal dental
सम्बन्धित
Loading...