ghar sansar

भीमदत्त ६ मा ५४३४ मतदाताले गर्दै छन् १२ उम्मेदवारको भाग्यको फैसला

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका ६ मा आइतबार हुने वडा अध्यक्षका लागि आइतबार निर्वाचन हुँदैछ । शान्ति निकेतनस्थित मतदान स्थलमा आइतबार विहान ७ बजेदेखि मतदान हुन लागेको हो ।

२०७९ को स्थानीय तह निर्वाचनमा निर्वाचित वडा अध्यक्ष महेन्द्र खड्काको गत वर्ष निधन भएको थियो । खड्काको निधन भएको झण्डै एक वर्षपछि अध्यक्ष पदका लागि उप निर्वाचन हुन लागेको हो । खड्काको निधनपछि वडा सदस्य देबकी जोशीलाई कार्य वाहक जिम्मेवारी दिइएको थियो ।

ratnam

आइतबार विहानदेखि हुने मतदानको सबै तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृत कार्यालयले जानकारी दिएको छ । मुख्य निर्वाचन अधिकृत लिलाराज अधिकारीले मतदानको सबै तयारी पूरा गरिएको बताए । मतदान स्थलमा सिसिटिभी क्यामेरा सहितको सुरक्षा निगरानी गर्ने व्यवस्था गरिएको छ । मतदान स्थलमा बुथ निर्माण लगायतका सबै कार्य गरिएका छन् ।

सुरक्षाकर्मी सहित सबै कर्मचारी परिचालन गरी मतदानलाई स्वच्छ, निष्पक्ष र भय रहित बनाउन सबै आवश्यक तयारी गरिएको मुख्य निर्वाचन अधिकृत अधिकारीले जानकारी दिए ।

dirghayi clinic

मतदान स्थलमा ६ ओटा मतदान केन्द्र(बुथ) छन् । हाल सम्मका सबै निर्वाचनमा शान्ति निकेतन माध्यमिक विद्यालय मतदान स्थल राखिएको हो ।
भीनपा ६ मा पहिलो पटक उप निर्वाचन भएको हो । बहुदल स्थापनापछि भीमदत्त ६ का वासिन्दाले उप निर्वाचनमा सहभागी हुन लागेका छन् ।

बहुदल स्थापनापछि २०४९, २०५४, २०७४ र २०७९ मा स्थानीय निर्वाचन भएका छन् । २०७९ को स्थानीय तह निर्वाचनको अढाई वर्षपछि आइतबार वडा अध्यक्षका लागि उप निर्वाचन हुन लागेको हो ।

भीमदत्त ६ मा ५ हजार ४ सय ३४ मतदाता छन् । २०७९ को निर्वाचनमा ३ हजार एक सय मतदाता मतदानमा सहभागी भएका थिए ।
वडा अध्यक्षका लागि दुई राजनीतिक दल र स्वतन्त्र गरी १२ जना उम्मेदवार छन् । निर्वाचन आयोगको कार्यतालिका अनुसार मंसिर २ गते उम्मेदवारी दर्ता गरिएको थियो ।

सत्ता गठबन्धनका एमालेबाट बहादुर चन्द र काँग्रेसबाट प्रकाश चन्द उम्मेदवार छन् । गसैगरी माओवादी केन्द्रका नानाराम कोली, राष्ट्रिय स्वतन्त्र पार्टीका रामदत्त भट्ट, नागरिक उन्मुक्ति पार्टीका हरिश डगौँरा, राप्रपा नेपालका दिल बहादुर धामी, जनमत पार्टीका यादव बहादुर चन्द, नेपाल मजदुर किसान पार्टीका दल बहादुर बोहरा उम्मेदवार छन् । युवराज चन्द र थानेश्वर लेखक उप निर्वाचनमा स्वतन्त्र उम्मेदवार छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी पहिलो पटक ६ नम्बरको चुनावमा सहभागी भएका हुन् ।

यस अघि चुनावमा २०७९ बाहेक सबै चुनाव एमालेले जितेको थियो । २०४९ मा एमालेका कविराज भट्ट, २०५४ मा रामदत्त भट्ट र २०७४ मा हरक सिह धामीले चुनाव जितेका थिए ।

Himal dental
सम्बन्धित
Loading...