ghar sansar

भीमदत्त ६ मा २०७९ को निर्वाचन भन्दा उप निर्वाचनमा खस्यो कम मत, २९९१ मतदाताले मात्रै गरे मतदान

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका ६ को उप निर्वाचनमा २९९१ मत खसेको छ । मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार आइतबार साँझसम्म मतदान गरिएको हो । आइतबार विहान ७ बजेदेखि मतदान सुरु भएको थियो ।

मुख्य निर्वाचन कार्यालयका अनुसार मतदान गर्नेमा पुरुष भन्दा महिला बढी छन् । १६२८ महिल र १३८५ पुुरुष मतदानमा सहभागी भएका छन् । भीमदत्त नगरपालिका ६ का वडा अध्यक्ष महेन्द्र खड्काको गत वर्ष निधन भएपछि रिक्त पदमा उप निर्वाचन भएको हो ।

भीमदत्त ६ मा ५५३४ मतदाता छन् । अढाई वर्ष अघिको निर्वाचन भन्दा उप निर्वाचनमा कम मतदाता सहभागी भएका हुन् । २०७९ को निर्वाचनमा ३१ सय मत खसेको थियो । शान्ति निकेतन माध्यमिक विद्यालय मतदान स्थलमा मतदान गरिएको छ । मतदान शान्ति पूर्ण रुपमा सम्पन्न भएको छ ।

dirghayi clinic

उप निर्वाचनका लागि दुई सय बढी सुरक्षाकर्मी परिचालन गरिएका छन् । मतदान स्थलमा ६ ओटा मतदान केन्द्र(बुथ) मा मतदाताले मतदान गरेका हुन् । बहुदल स्थापनापछि भीमदत्त ६ का वासिन्दाले उप निर्वाचनमा सहभागी हुन भएका हुन् ।

बहुदल स्थापनापछि २०४९, २०५४, २०७४ र २०७९ मा स्थानीय निर्वाचन भएका छन् । वडा अध्यक्षका लागि दुई राजनीतिक दल र स्वतन्त्र गरी १२ जना उम्मेदवार छन् । निर्वाचन आयोगको कार्यतालिका अनुसार मंसिर २ गते उम्मेदवारी दर्ता गरिएको थियो ।

सत्ता गठबन्धनका एमालेबाट बहादुर चन्द र काँग्रेसबाट प्रकाश चन्द उम्मेदवार छन् । गसैगरी माओवादी केन्द्रका नानाराम कोली, राष्ट्रिय स्वतन्त्र पार्टीका रामदत्त भट्ट, नागरिक उन्मुक्ति पार्टीका हरिश डगौँरा, राप्रपा नेपालका दिल बहादुर धामी, जनमत पार्टीका यादव बहादुर चन्द, नेपाल मजदुर किसान पार्टीका दल बहादुर बोहरा उम्मेदवार छन् । युवराज चन्द र थानेश्वर लेखक उप निर्वाचनमा स्वतन्त्र उम्मेदवार छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी पहिलो पटक ६ नम्बरको चुनावमा सहभागी भएका हुन् । यस अघि चुनावमा २०७९ बाहेक सबै चुनाव एमालेले जितेको थियो । २०४९ मा एमालेका कविराज भट्ट, २०५४ मा रामदत्त भट्ट र २०७४ मा हरक सिह धामीले चुनाव जितेका थिए ।

Himal dental
सम्बन्धित
Loading...