महेन्द्रनगर । भीमदत्त नगरपालिका–६ का नवनिर्वाचित अध्यक्ष प्रकाश चन्दले दिवंगत वडाध्यक्ष महेन्द्र खड्काका प्रतिवद्धता पूरा गर्ने बताएका छन् ।
खड्काले चालु गरेका योजनालाई पहिलो चरणमा पूरा गर्ने उनले बताए । काँग्रेसले सोमबार विजयी जुलुस पनि निकालेको थियो ।
–यालीपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै वडाध्यक्ष चन्दले दिवंगत वडाध्यक्ष खड्काले सुरु गरेका योजना पूरा गर्ने बताएका हुन् ।
निर्वाचित गरेमा उनले वडाबासीलाई धन्यवाद समेत व्यक्त गरे ।
कांग्रेसका चन्द डुबानको समस्या समाधान, अव्यवस्थित विद्युत पोल व्यवस्थित, शिक्षा, स्वास्थ्य लगायत १२ वुद्धे प्रतिवद्धतासहित चुनावमा होमिएका थिए ।
नेकपा एमालेका बहादुर चन्दलाई फराकिलो मतान्तरले हराउँदै कांग्रेसका प्रकाश वडाध्यक्ष बनेका हुन ।