महेन्द्रनगर । पूर्व पश्चिम राजमार्गको कृष्णपर सडक खण्डमा सवारी दुर्घटना भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत कृष्णपुर नगरपालिका–५ गुलरियामा इलेक्ट्रिक हाईस दुर्घटना हुदा चालक सहित ८ जना घाइते भएका हुन् ।
घाइतेमध्ये ४ जनाको गुलरियास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा र चार जनालाई थप उपचारका लागि कैलालीको धनगढी स्थित निसर्ग अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ ।
महेन्द्रनगरबाट धनगढीतर्फ तीब्र गतिमा गइरहेको सुदूरपश्चिम प्रदेश ००२ ख १४२५ नम्बरको हाईस अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी उमेश जोशीले बताए ।