ghar sansar

कञ्चनपुरमा घरेलु तथा साना उद्योगले ब्याज र विद्युत महसुल अनुदान पाउने

महेन्द्रनगर । घरेलु तथा साना उद्योग कार्यालय कञ्चनपुरले घरेलु तथा साना उद्योगलाई ब्याज र विद्युत महसुल अनुदान दिने भएको छ । गत आर्थिक वर्षदेखि कार्यालयमा दर्ता उद्योगलाई बैंक ब्याज र विद्युत महसुलमा अनुदान दिन थालिएको हो । गत वर्ष २० उद्योगलाई अनुदान दिइएको थियो ।

अनुदान कार्यक्रमलाई चालु आर्थिक वर्षमा निरन्तरता दिइएको हो । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख उद्योग अधिकृत हेमन्त बहादुर सिहले बैंकबाट ऋण लिएका उद्योगलाई ब्याजमा ५० हजार र विद्युत महसुल ३० हजारसम्म अनुदान दिइने बताए ।

lotus institite

‘उद्योगका नाममा बैंकबाट ऋण लिएको छ भन्ने अधिकतमा ब्याज ५० हजार र महसुल ३० हजारसम्म अनुदान दिन्छौ’ कार्यालय प्रमुख सिहले भने ।

ब्याज र विद्युत महसुल अनुदानका लागि कार्यालयले सार्वजनिक सूचना गरी उद्योगबाट प्रस्तावना माग छनौट प्रक्रिया अघि बढाउने जानकारी दिइएको छ ।

सार्वजनिक सूचना अनुसार प्रक्रियामा सहभागी उद्योगबाट छनौट गरी अनुदान दिइने कार्यालयका लेखा अधिकृत जयराज पाण्डेयले बताए ।

daimond public

‘यसका लागि २१ दिने सूचना जारी गर्छौ, त्यसका आधारमा शिलबन्दी गरी आएका प्रस्तावबाट उद्योग छनौट गरी अनुदान दिन्छौ’ लेखा अधिकृत पाण्डेयले भने ।

कार्यालय प्रमुखको नेतृत्वमा उद्योग छनौट समिति गठन गर्न पर्ने प्रावधान छ । समितिमा जिल्ला प्रशासन, प्रदेश लेखा इकाई कार्यालयका प्रतिनिधि सदस्य हुने छन् ।

समितिले विभिन्न मापदण्डका आधारमा ६० भन्दा बढी अंक ल्याउने उद्योगलाई अनुदानका लागि छनौट गर्ने लेखा अधिकृत पाण्डेयले बताए ।

घरेलु तथा उद्योग कार्यालयमा दर्ता भएर तीन वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएका, बैंक तथा वित्तिय संस्थाबाट सहुलियत ऋण लिएको र बैंकमा खाता भएका उद्योगले मात्रै अनुदान छनौट प्रक्रियामा सहभागी हुने पाउने भएका छन् ।

‘यी प्रक्रिया पूरा नभएका उद्योगलाई प्रक्रियामा समावेश हुँदैन’ लेखा अधिकृत पाण्डेयले भने ।

कञ्चनपुरमा ११ हजार हाराहारी उद्योग घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएका छन् । ती मध्ये आधा मात्रै उद्योग सञ्चालनमा रहेको कार्यालय प्रमुख सिहले बताए ।

ती उद्योगमा सेवा मुलक, कृषि, बाणिज्य र उत्पादन मुलक छन् । कार्यालय प्रमुख सिहले पछिल्लो वर्षमा उद्योग दर्ता क्रम घटेको बताए ।

Himal dental
सम्बन्धित
Loading...