ghar sansar

विपिन जोशी गाजापट्टीमा रहेको इजरायलको दावी, छिट्टै घर फर्किने आशा

महेन्द्रनगर । प्यालेस्टिनी लडाकु समूह हमासले १४ महिनाअघि इजरायलमाथि आक्रमणका क्रममा बन्धक बनाएका भीमदत्त नगरपालिका ३ भाँसीका विपिन जोशी गाजापट्टीमा रहेको सूचना इजरायल सरकारले प्राप्त गरेको छ । यो सूचना सुनाउँदै इजरायलका लागि नेपाली राजदूत शमुलिक ए. बासले जोशी चाँडै नेपाल फर्कने आशा व्यक्त गरेका छन् ।

daimond public

लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत कृषि सम्बन्धी अध्ययनका लागि इजरायल पुगेका जोशीलाई हमासले २०२३ अक्टोबर ७ मा अलुमिम किबुजबाट बन्धक बनाएको थियो । त्यस यता उनको अवस्था अज्ञात थियो ।

lotus institite

‘उनी जीवितै छन् । यो सत्य हो । उनलाई गाजापट्टीको कुनै स्थानमा राखिएको सूचना पाएका छौं,’ काठमाडौंमा बिहीबार कूटनीतिक पत्रकारसँगको भेटमा नवनियुक्त राजदूत बासले भने । जोशी जिवित रहेको सूचना अरबी मुलुकहरूको स्रोतबाट प्राप्त भएको उनको भनाइ छ ।

Himal dental
सम्बन्धित
Loading...