ghar sansar

कडा आन्दोलनको चेतावनी दिँदै मदनचोकका २२ सटर निर्माण सम्बन्धि सर्बदलीय बैठक छाडेर बाहिरिए उद्योग बाणिज्य संघ अध्यक्ष जोशी

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका कार्यालयमा जारी सर्बदलीय बैठकबाट कञ्चनपुर उद्योग बाणिज्य संघका अध्यक्ष पिताम्बर जोशी बाहिरिएका छन् ।

सर्बदलीय बैठकमा व्यवसायीका समस्या तत्काल समस्या समाधान नभए कडा आन्दोलनमा जाने चेतावनी दिएर उनी बैठक छाडेर बाहिरिएका हुन् ।

dirghayi clinic

भीमदत्त नगरपालिकाले मदनचोकस्थित २२ सटर निर्माणका लागि माओवादी केन्द्र सहितका राजनीतिक दलका युवा र विद्यार्थीबाट विरोध भएपछि सर्बदलीय बैठक बोलाएको हो । बैठकमा सत्ता गठबन्धनका काँग्रेस, एमाले, माओवादी केन्द्र लगायतका दलका नेता सहभागी भएका छन् ।

बाणिज्य संघका अध्यक्ष जोशीले आफूहरुको मागको सुनुवाई हुने अवस्था नदेखेपछि बैठकबाट बाहिरिएको बताए ।

‘उद्यमी व्यवसायीका कति समस्या छन्, व्यवसायीलाई जता पनि मार्का मात्रै पार्ने काम हुँदैछ, बैठकमा समस्या राखे, त्यसप्रति कसैको ध्यान भएन’ उनले भने,‘अब कडा आन्दोलन गर्छौ, आज बैठकमा पनि यही भनेर आएको छु ।’

मदनचोकका २२ सटर निर्माणलाई लिएर केही दिन अघि भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमलाई कार्यकक्षमा युवा विद्यार्थीले विभिन्न लाञ्छना लगाउँदै थर्काएका थिए । त्यसपछि नगरपालिकाले २२ सटर निर्माण सम्बन्धि छलफल गर्न सर्बदलीय बैठक बोलाएको हो ।

Himal dental
सम्बन्धित
Loading...