ghar sansar

पत्रकार महासंघ कञ्चनपुरको २१ औं साधारण सभा सम्पन्न

khasi

महेन्द्रनगर । नेपाल पत्रकार महासंघ कञ्चनपुरको २१ औ साधारण सभा शनिबार सम्पन्न भएको छ । मंसिर २८ गते ११ औं अधिवेशनको पूर्व सन्ध्यामा जिल्ला अदालत कञ्चनपुरका न्यायाधिश राजेन्द्र भण्डारीको प्रमुख आतिथ्यमा साधारण सभा गरिएको छ ।

महासंघ कञ्चनपुरका अध्यक्ष माधव सिहको अध्यक्षतामा गरिएको साधारण सभाको उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशी, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष चित्राङ्ग थापा, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम अध्यक्ष योगेश रावल, महासंघका प्रदेश महासचिव राम सिह ठगुन्ना, गैर सरकारी संस्था महासंघ कञ्चनपुरका उपाध्यक्ष अमिर तिरुवा लगायतले शुभकामना मन्तव्य राखे ।

dirghayi clinic

उद्घाटन सत्रपछि अग्रज पत्रकार चित्राङ्ग थापाको संयोजकत्वमा खेम भण्डारी र दुर्गा उपाध्यक्ष सदस्य रहेको अध्यक्ष मण्डल गठन गरी बन्द सत्र गरिएको छ । बन्द सत्रमा महासंघ कञ्चनपुरका सचिव राजेन्द्र प्रसाद अवस्थीले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष जयदेब जोशीले आर्थिक प्रतिवेदन प्रस्तुत गरे ।

ती दुबै प्रतिवेदनमा छलफल गरी पारित गरिएका छन् । बन्द सत्रबाट दुई बुँदे प्रस्ताव पारित गरिएको छ । बन्द सत्रमा महासंघका अध्यक्ष माधव सिह धामीले आफ्नो साढे तीन वर्षे कार्यकालमा आफूले महासंघका पदाधिकारी, सदस्य रसाधारण सदस्य सबैको साथ र सहयोग पाएर काम गरेको बताए ।

पत्रकार महासंघ कञ्चनपुरमा १ सय १६ साधारण सदस्य छन् । साधारण सभामा महासंघका सुदूरपश्चिम प्रदेश सचिव हरि जोशी, सशस्त्र प्रहरी उपरीक्षक खगेन्द्र चन्द लगायत पत्रकारिता सम्बद्ध विभिन्न संगठनका प्रतिनिधि र साधारण सदस्य सहभागी भएका छन् ।

 

Himal dental
सम्बन्धित
Loading...