ghar sansar

अहमदिया संघको निःशुल्क आँखा जाँच शिविर

khasi

अशोक सार्की
पुनर्वास । अहमदिया संघ नेपालले शनिबार बिन्दावासनी गापा. प्रसौनीभाठा –५ पर्सा स्थित मसरुर माध्यमिक विद्यालयमा निःशुल्क आँखा जाँच शिविर कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रम विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म चलेको थियो। उक्त शिविरमा आँखाको विशेष जाँच गरिएको थियो भने निःशुल्क मोतिबिन्दुको शल्यक्रिया सहित निःशुल्क औषधि वितरण गरिने बताइएको छ ।

ratnam

अहमदिया संघ नेपालको आयोजना तथा केडिया आँखा अस्पताल – परवानिपुर र समुदायिक आँखा अस्पतालको संयुक्त सहयोगमा उक्त शिविर सञ्चालन गरिएको थियो । अहमदिया संघ नेपाल एक धार्मिक संस्था हो ।

dirghayi clinic

“सबैलाई प्रेम गरौं, कसैलाई घृणा नगरौं “ भन्ने मूल मान्यता लाई आत्मसात गर्दै ,यसको एउटै उदेश्य आम नेपाली जनताको सेवा गर्नु तथा सामाजिक, सांस्कृतिक, आत्मीय समझदारीका साथ शैक्षिक एवम् स्वास्थ्य सम्वन्धी सचेतना जगाई सव्य र समृद्ध समाज निमार्ण गर्नु नै अहमदिया संघ नेपालको मुख्य उदेश्य रहेको आयोजक सदस्य तथा झापा जिल्ला इन्चार्ज नईम अहमदले बताए ।

यस्तै, स्थापनाकालदेखि, संघले वृद्ध, बालबालिका , भुकम्प, बाढी पीडित, तथा कोरोना जस्तो कठिन परिस्थितिमा मानव सेवाभावले सक्ने सहयोग आदानप्रदान गरेको र गरिरहने समेत बताए ।

अहमदिया संघ नेपालका कोषाध्यक्ष इकरायल अहमदको सभापतित्व तथा पुर्व प्रदेश सभा सदस्य एवम् जसपा नेता पहलाद गिरिको प्रमुख आतिथ्यमा शुभारम्भ भएको उक्त कार्यक्रममा करिब ३७५ जना उपचारबाट लाभान्वित भएका छन । जसमा १८२ जनामा मोतिया बिन्दु देखा परेको छ। भने उहाँहरु भोलि बाट निशुल्क सल्याकृया हुने बताए ।

आर्थिक तथा शारीरिक रुपले कम्जोर रहेका हामी वृद्धवयालाई घर–दैलामै उपचार पाउँदा खुशीको सिमाना नै छैन भन्दै लाभान्वित तथा लाभग्राहीहरुले आयोजकलाई धन्यवाद व्यक्त गरेका थिए ।

 

Himal dental
सम्बन्धित
Loading...