ghar sansar

मझगाउँका चन्द बने सुदूरपश्चिम प्रथम

khasi

महेन्द्रनगर । कैलालीको धनगढीमा मंसिर २१ गते गरिएको नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको अभिकर्ता भेला एवम् सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

कम्पनीका सि ई ओ सुरेश प्रशाद खत्रीको अध्यक्षतामा गरिएको सम्मान कार्यक्रममा सुदुरपश्चिम प्रदेश बाट सय बढी सक्रिय अभिकर्ता सहभागी भएका छन् । सम्मानित हुने सर्बैलाई कम्पनीका सि ई ओ खत्रीले सिइओ क्लब मेम्बरसीप सर्टिफिकेट प्रदान गरे ।

dirghayi clinic

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. महेन्द्रनगर शाखामा कार्यरत मुख्य व्यवसाय प्रबन्धक राजेन्द्र बहादुर चन्द लगातार दोस्रो पटक पनि उत्कृष्ट व्यवशाय गर्दै सञ्जाल व्यवसाय तर्फबाट प्रदेश प्रथम बनेका छन् । कम्पनीका सि ई ओ बाट चन्दलाई माला खादा प्रमाणपत्र र नगद पुरस्कारबाट सम्मान गरिएको छ । यसैगरी व्यक्तिगत व्यवसायतर्फ धनगढी शाखामा कार्यरत गिता मल्ल प्रथम भई सम्मानित भएका छन् ।

जीवन बीमा पेशा आफैमा एउटा उत्कृष्ट एवम् सम्मानित पेशा हो । जीवन बीमा पेशामा आवद्ध पेशाकर्मीहरु समाजका लागि सम्मानित व्यक्ति हुन् । जसले प्रत्येक घर परिवारको आर्थिक सुरक्षा एवम् सम्पन्नताको लागि सबैलाई आ–आफ्नो क्षमता अनुसारको बचत गर्न सिकाउने र त्यसको लाभ लिन सिकाउने व्यक्ति हुन् बीमा अभिकर्ता । समाजका लागि बीमा अभिकर्ता आर्थिक सल्लाहकार एवम् आर्थिक स्वयंसेवक हुन भन्दा नि फरक नपर्ला भन्छन् पेशागत बीमा अभिकर्ता संघ नेपाल बिमक समितिका उपाध्यक्ष जयराज जैशी ।

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी हो। यो कम्पनी सर्वाधिक बोनस दिने कम्पनी बनेको छ, जसले गर्दा यस कम्पनिका बिमा गराउने बिमितलाई उत्कृष्ट प्रतिफल प्राप्त गर्ने अवसर मिलेको छ ।

 

Himal dental
सम्बन्धित
Loading...