ghar sansar

भुवनेश्वरी विद्या मन्दिर र माई सेन्सोरियमले दियो शिक्षिका पन्तको निधनमा शोक विदा

khasi

महेन्द्रनगर । बाजुराको मार्तडीमा जीप दुर्घटना भएर ज्यान गुमाएकी शिक्षिकाको शोकमा गड्डाचौकीस्थित भुवनेश्वरी विद्या मन्दिर र माई सेन्सोरियम स्कुलले शोक विदा दिएको छ ।

बाजुरा घुम्न गएकी माइ सेन्सोरियम स्कुलकी शिक्षिक गायत्री पन्तको आइतबार जीप दुर्घटनामा परी घट्नास्थलमै मृत्यु भएको थियो । पन्त भुवनेश्वरी विद्या मन्दिरकी पूर्व शिक्षिका हुन् ।

dirghayi clinic

जीप दुर्घटनामा उनीसंगै घुम्न गएकी शिक्षा विकास तथा समन्वय इकाई बाजुरामा प्रमुख रामदत्त भट्टकी धर्मपत्नि राधिका भट्टको पनि ज्यान गएको छ । यसैगरी मृतक पन्तका श्रीमान लोकेन्द्र पन्त दुर्घटनामा घाइते भएका छन् ।

भुवनेश्वरी विद्या मन्दिर तथा माइ सेन्सोरियमका सञ्चालक सत्येश बहादुर चन्दले दुबै विद्यालयमा सोमबार शोक विदा दिएको बताए । ‘यो अत्यन्तै दुःखद दुर्घटना भयो, विद्यालय परिवार स्तब्ध छ’ उनले भने,आज दुबै विद्यालयमा शोक विदा दिएका छौ ।

यसैगरी शिक्षिका पन्तको निधनको शोकमा एन प्याब्सन आवद्ध सबै विद्यालयले शोक वक्तव्य सार्वजनिक गरेका छन् । भीमदत्त नगरपालिका–१७ की ३१ वर्षीया पन्त २०७४ देखि भुवनेश्वरी विद्या मन्दिरमा शिक्षण गर्दै आएकी थिइन् ।

पन्तका श्रीमान लोकेन्द्र भीमदत्त नगरपालिका १२ ओदालीस्थित विपि कोइराला आधारभूत विद्यालयका शिक्षक हुन् ।

Himal dental
सम्बन्धित
Loading...