
भीमदत्तले सालघारीका सुकुम्बासीका टहरा भत्काउने सूचना निकालेको भन्दै माओवादी केन्द्र भीमदत्त नगर कमिटीको आपत्ति

महेन्द्रनगर । नेकपा माओवादी केन्द्र भीमदत्त नगर कमिटीले भीमदत्त नगरपालिका १८ स्थित सालघारी सुकुम्बासी परिवारका घर टहरा भत्काउन भीमदत्त नगरपालिका र भीमदत्त नगर विकास समितिले सार्वजनिक गरेको सूचनाप्रति आपत्ति जनाएको छ ।

माओवादी केन्द्रका भीमदत्त नगर इन्चार्ज लोकराज जोशी र नगर अध्यक्ष अशोक कुमार चन्दले सोमबार विज्ञप्ति प्रकाशित गरी सुकुम्बासी, भूमिहिन र मजदुर परिवारको तथ्याङ्क संकलन गरी न्यायोचित र उचित पुनस्र्थापन गर्न नगरपालिका र नगर विकास समितिसित माग गरेको छ ।

