

महेन्द्रनगर । स्वीट नेपाल कञ्चनपुरले युएनडिपी⁄एटुजेको आर्थिक सहयोगमा सञ्चालित संस्थागत सुधार मार्फत न्यायमा पहुच अभिबृद्धि परियोजना अन्र्तगत आज संस्थाले बिभिन्न सरकारी तथा गैर सरकारी निकायको समन्वय तथा सहकार्यमा बिभिन्न जिल्लामा भ्रष्टाचार विरुद्धको दिवस मनाइएको छ ।
बेदकोट नगरपालिकाको भुवनेश्वरी उच्च माध्यमिकको प्राङणमा नगरपालिका स्तरिय भष्टाचार नियन्त्रणका लागि विद्यार्थीको भूमिका विषयमा बक्तृत्वकला प्रतियोगिता गरिएको छ । नगरपालिकाका १२ वडा बिद्यालयका बिद्यार्थीहरुले यो प्रतियोगितामा भाग लिए ।


कार्यक्रमको अध्यक्षता स्वीट नेपालका अध्यक्ष अमिर तिरुवा र वेदकोट नगरपालिका नगरउपप्रमुख तुलसी जोशीको प्रमुख आतिथ्य र नगरपालिका उपसचिव पदमराज भट्टको.बिशिष्ट आतिथ्यमा सम्पन्न भएको छ ।
कार्यक्रममा भुवनेश्वरी माविका भुवनेश्वर प्रसाद पन्त प्रथम, अरनिको बोर्डिङ्ग स्कुलका सपना धानुक द्वितीय, बाल संसार ईङ्गलिश बोर्डिङ स्कुलका आरती बोहरा र सान्तवना पुरुस्कार पाउनेमा उदेयदेव मावि वेदकोटका सन्तोष पन्त छन् । उनीहरुलाई सम्मान पत्र सहित सबै सहभागी बिद्यार्थीलाई कापी समेत दिईएको छ ।


यसैगरी कैलाली जिल्लाको गोदावरी नगरपालिका ५ स्थित सरस्वती माविका ९ देखि १२ सम्मका ७० जना बिद्यार्थी र शिक्षकलाई भ्रष्टाचार न्युनीकरणका उनीहरुको भूमिका सम्बन्धि अन्र्तक्रिया तथा अभिमुखिकरण कार्यक्रम गरिएको छ ।
संस्थाका अध्यक्ष अमिर तिरुवाको अध्यक्षतामा गरिएको कार्यक्रममा गोदावरी ५ का अध्यक्ष शुद्धिराम चौधरी प्रमुख अतिथि थिए । यसैगरी बझाङ्ग जिल्लाको जयपुथ्वी नगरपालिकाको जल्पा माध्यमिक बिद्यालयमा समेत बक्तत्वकला कार्यक्रम सम्पन्न भएको छ ।

त्यसैगरी डडेल्धुरा जिल्लामा पनि बक्तत्वकला लगायत अन्र्तक्रिया कार्यक्रमहरु सम्पन्न भएका छन् । स्वीट नेपालले कञ्चनपुरले कैलाली,कञ्चनपुर,डडेल्धुरा र बझाङ्गमा हेलो मुख्यमन्त्री तथा नमस्ते मेयर कार्यक्रमको सुृदृढिकरण कार्यक्रम गर्दे आईरहेको छ ।
खासगरी यो परियोजनाले सुुसासन लाई अझै बलियो बनाउन स्थानिय निकायसंग साझेदारीमा विभिन्न सचेतनामुलक कार्यक्रम गर्दै आएको संस्थाका कार्यक्रम मेनेजर अमित सुनारले जानकारी दिए ।


