ghar sansar

प्रेस सेन्टरको उम्मेदवारी फिर्तापछि पत्रकार महासंघ सुदूरपश्चिम नेतृत्वका लागि प्रेस युनियनका दुई उम्मेदवार चुनावी मैदानमा

khasi

महेन्द्रनगर । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्षमा प्रेस युनियनका भरत बहादुर शाह र मीन चुनाव लड्ने भएका छन् । मंसिर २८ गते हुने निर्वाचनमा सोमबार अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका प्रेस सेन्टरका केशवराज जोशीले उम्मेदवारी फिर्ता लिएपछि प्रेस युनियनका दुई उम्मेदवार चुनावी प्रतिस्पर्धा गर्न लागेका हुन् ।

अध्यक्षका उम्मेदवार बम मंगलबार प्यानल उम्मेदवार सहित महेन्द्रनगर पुगेका छन् । होटल सिद्धार्थमा पत्रकारहरुसित भेटघाट गरी उनले व्यवसायिक पत्रकारिताका लागि सहयोग गर्न आग्रह गरेका छन् ।

ratnam

पत्रकार महासंघ प्रदेश सुदूरपश्चिम प्रदेशमा अघिल्लो कार्यकालमा चौतारीका दुई उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो । यस वर्ष फेरि महासंघ निर्वाचनमा पहिलो चुनावको झल्को देखिएको छ ।

dirghayi clinic

सत्ता गठबन्धनको समीकरण अनुसार पत्रकार महासंघ चुनावमा एमाले सम्बद्ध चौतारी र काँग्रेस सम्बद्ध युनियन साझा उम्मेदवार बनाएर चुनावी मैदानमा छन् । माओवादी केन्द्रको सेन्टर सहित ६ दल आवद्ध आवद्ध पत्रकार अर्को उम्मेदवारी दिएर चुनावी मैदानमा छन् ।

सिद्धार्थ होटलको छलफलमा अध्यक्षका उम्मेदवार बमले केन्द्रीय अध्यक्षका उम्मेदवार रमेश विष्ट सहितको प्यालनलाई आफूहरुको सहयोग हुने बताए । उनीसंगै प्रदेश उपाध्यक्षका उम्मेदवार राम धामी, प्रदेश उपाध्यक्ष (महिला उम्मेदवार) कालिमैया चौधरी(उन्नति चौधरी, महासचिव पदका उम्मेदवार हरि जोशी, कोषाध्यक्ष पदका उम्मेदवार हरिश विक लगायतले महेन्द्रनगर आएका छन् ।

प्रदेश उपाध्यक्षमा चौतारी र युनियनबाट मान बहादुर साउद उपाध्यक्ष र महिला उपाध्यक्षमा हेमन्ती चौधरी उम्मेदवार छन् । यसैगरी महासचिवमा शिवराज भट्ट उम्मेदवार छन् ।

सचिवमा धनराज साउद भुवनेश्वर प्रसाद बोहरा, शैलेन्द्र रोकायाको उम्मेदवारी पर्दा सचिव समावेशीमा इन्द्रा कुमारी केसी मुकेश टेर्रा र रमेश परियारको उम्मेदवारी परेको छ ।कोषाध्यक्षमा वरुण पनेरु र हर्कबहादुर विक उम्मेदवार बनेका छन् ।

५ सदस्य रहेको सदस्यमा अर्जुन बहादुर सिंह, आशिष बहादुर सिंह, केशव दत्त भट्ट, कृत बहादुर विष्ट, जनार्दन उपाध्याय, दिनेश बहादुर कठायत पदम बहादुर बोहरा, वासुदेव भट्ट रमेश कुमार केसी लिलाजंग शाही र सुभाष कठायत उम्मेदवार छन् । त्यस बाहेकका महिला सदस्य, दलित सदस्य , जनजाति सदस्य र अपाङ्गता तथा अल्पसंख्या सदस्य ८ जना निर्विरोध भइसकेका छन् ।

Himal dental
सम्बन्धित
Loading...