ghar sansar

पत्रकार महासंघ कञ्चनपुरको अध्यक्षका लागि धामी र अवस्थीको उम्मेदवारी, समावेशी सह सचिवमा तामाङ्ग निर्विरोध

khasi

महेन्द्रनगर । नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरको शुक्रबार हुने निर्वाचनका लागि अध्यक्षमा राजेन्द्र प्रसाद अवस्थी र सुरेश सिह धामीले उम्मेदवारी दर्ता गराएका छन् । प्रेस युनियन र प्रेस चौतारीको संयुक्त प्यालनबाट धामी र प्रेस सेन्टर नेपालका अवस्थीले अध्यक्षमा उम्मेदवारी दिएका हुन् ।

महासंघ पदाधिकारीमा उपाध्य खुल्लामा सबैभन्दा बढी र सह सचिवमा उम्मेदवारी परेको छ । उपाध्यक्षमा रमेश प्रसाद भट्ट, मदनराज जोशी, अमर बहादुर चन्द, शेर बहादुर सिह र तेज बहादुर सिहले उम्मेदवारी दिएका छन् ।

ratnam
dirghayi clinic

महिला उपाध्यक्षमा धर्मा रोकाया र चन्द्रिका चौधरी उम्मेदवारी भएका छन् । सचिवमा पहिलाद राना र कुन्दन पाण्डेय उम्मेदवार भएका छन् । सह सचिवमा चार जना उम्मेदवार छन् । उनीहरुमा महादेब अवस्थी, शंकरदत्त अवस्थी, चन्द्रकान्त जोशी र गोकुल जोशीले उम्मेदवारी दर्ता गएका हुन् ।

समावेशी सह सचिवमा किशोर कुमार तामाङ्गले उम्मेदवारी दिएका छन् । अन्यको उम्मेदवारी नपरेपछि उनी निर्विरोध भएका छन् । महासंघ कोषाध्यक्षमा मोहन विष्ट र लक्ष्मणदत्त पन्तले उम्मेदवारी दिएका छन् ।

महिला सदस्यमा ऐश्वर्या कुँबर, दलित सदस्य धन बहादुर बिक, खडक कोली, जनजाति नरेश राना, दान सिह डगौरा, मधेसी कल्पना चौधरी र खुला ६ सदस्यका लागि १३ जनाले उम्मेदवारी दिएका छन् ।

उनीहरुमा दिपकराज अवस्थी, बीर सिह ऐर, भूपी उपाध्यय, पदम बहादुर सुनार, धन बहादुर महता, सुजित सिनाल, भोजराज जोशी, माधव पौडेल, दिनेशराज ओझा, भवानीदत्त भट्ट(भुवन), सुरेश भट्ट, केशव भट्ट र हरिलाल जोशी उम्मेदवार छन् ।

Himal dental
सम्बन्धित
Loading...