
सत्यवादी माविको अक्षय कोषमा बागेश्वरी चन्दले गरिन् चार लाख सहयोग, वडा अध्यक्ष अवस्थीले बाँडे विद्यार्थीलाई न्यानो कपडा

महेन्द्रनगर । भीमदत्त नगरपालिका ५ का बागेश्वरी चन्दले सत्यवादी माध्यमिक विद्यालयको अक्षय कोषमा चार लाख सहयोग गरेकी छन् । आइतबार चन्दले विद्यालयलाई सहयोग रकम हस्नान्तरण गरेकी छन् ।
यसैगरी भीमदत्त नगरपालिका ५ का वडा अध्यक्ष पदमराज अवस्थीले विद्यार्थीहरुलाई न्यानो लुगा स्वेटर सहयोग गरेका छन् ।


कार्यक्रममा वडा अध्यक्ष अवस्थी सहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश दयाल, प्रधानाध्यापक सुरेन्द्र सिह साउँद लगायत सहभागी भएका छन् ।


