ghar sansar

प्याब्सन भीमदत्त नगर अध्यक्षमा उपेन्द्र प्रसाद जोशी चयन

khasi

महेन्द्रनगर । निजी तथा आवाशीय विद्यालय अर्गनाइजेसन(प्याब्सन) भीमदत्त नगर अध्यक्षमा उपेन्द्र प्रसाद जोशी चयन भएका छन् । प्याब्सन भीमदत्त नगर समितिको आइतबार सम्पन्न तेस्रो अधिवेशनबाट जोशीको अध्यक्षतामा नयाँ समिति चयन गरिएको छ ।

नगर समितिको उपाध्यक्षमा महादेब विष्ट, सचिव हरिश सिह ठगुन्ना र कोषाध्यक्षमा राजेन्द्र सिह विष्ट चयन भएका छन् । समितिमा दानी राना, हर्क बहादुर जाग्री र दुर्गादत्त पाण्डेय सदस्य भएका छन् ।

ratnam
dirghayi clinic

नगर समिति निर्विरोध निर्वाचित गरिएको छ । नव निर्वाचित समितिका पदाधिकारी र सदस्यलाई निर्वाचन समितिले पद तथा गोपनियताको शपथ खुवाएको छ ।

प्याब्सन भीमदत्त नगर समितिका निवर्तमान अध्यक्ष गौरीदत्त भट्टको अध्यक्षतामा गरिएको उद्घाटनमा सत्रमा प्याब्सन केन्द्रीय उपाध्यक्ष एबम् सुदूरपश्चिम इन्चार्ज सुरेन्द्रराज ओझा प्रमुख अतिथि थिए । कार्यक्रममा प्याब्सन केन्द्रीय सदस्य प्रेम सिह पुजारा, प्याब्सन सुदूरपश्चिम प्रदेश वरिष्ठ उपाध्यक्ष शमरजङ्ग बहादुर चन्द, प्रदेश समिति उपाध्यक्ष केशवराज भट्ट, प्याब्सन कञ्चनपुरका अध्यक्ष अमराज भट्ट लगायत विशिष्ठ अतिथि थिए ।

नगर समिति कार्यकाल तीन वर्षको हुनेछ । प्याब्सन कञ्चनपुरको वार्षिक कार्यक्रम अनुसार जिल्लाका सबै पालिकामा पालिका समिति अधिवेशन गर्ने कार्यक्रम अनुसार भीमदत्तमा अधिवेशन गरिएको छ ।

 

Himal dental
सम्बन्धित
Loading...