

महेन्द्रनगर । कञ्चनपुरको पुनर्वास नगरपालिका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा मुद्दा दर्ता भएको छ । नगरपालिकामा आर्थिक अनियमितता र साधन स्रोत को दुरुपयोग हुने गरेको गम्भीर आरोप सहित पालिकाको नाममा अख्तियारमा उजुरी परेको छ ।
हिजोका दिनमा उप– प्रमुख लगायत जनप्रतिनिधिहरुले सवारीसाधनको दुरुपयोग गरेका विषयहरु सेलाउन नपाउदै अहिले नास्ता खरिदमा समेत आर्थिक घोटला हुने गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बेनामी उजुरी परेको छ ।
नगरपालिकाले यसअघि सवारी मर्मत देखि इन्धन प्रयोगमा लाखौं अनियमितता गरेको विषयहरु सार्वजनिक भएको थियो । उजुरी अनुसार, पुनर्वास नगरपालिकाले विभिन्न विकास आयोजनामा सार्वजनिक स्रोतको दुरुपयोग गरेको, ठेक्कापट्टा प्रक्रियामा पारदर्शिता कमी कमि हुनुका साथै जनतासँग सम्बन्धित परियोजनाहरूमा पालिका गैरजिम्मेवारी देखिने गरेको आरोप छ।

अख्तियर दुरुपयोग अनुसन्धान आयोगले उजुरीमाथि प्रारम्भिक अनुसन्धान सुरु भइसकेको छ। अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा कानुनी प्रक्रिया अघि बढाइने आयोगका एक अधिकारीले जानकारी दिएका छन्।
स्थानीय तहमा बेथिति सडकमा बत्ती छैन, रक्सी र मासुमा नगरपालिकाको लाखौँ रकम स्वाहा भएको छ । तर नितिगतरुपमा भने स्व्च्छ स्थानीय स्थानीय तह छ , यसरी कसरी हुन्छ विकास ? ‘‘मेन सडकमा बत्ती छैन। बिग्रिएको ठाउँमा नयाँ बत्ती हालौँ भन्दा मान्दैनन्। तर, रक्सी र मासुभातमा हजारौं रुपैयाँ उडाएका हुन्छन् ।’’ एक स्थानीयले बताए ।
धनगढीबाट फर्किने क्रममा दोन्दा नदिबाट बेलौरी सडकरुट र दोन्दाबाट ईलाका प्रहरी कार्यालय टाउन आउने बाटोमा एकआधा ठाउ बाहेक अन्यत्र एउटा पनि बत्ति जडान छैन । यो क्षेत्रमा विगतमा धेरै पटकपटक विभिन्न खाले घटना तथा लूटपाट्का क्रियाकलाप भइरहने गरेको पाइन्छ । यहाँ कसैको ध्यानाकर्षण भएको छैन बताए ।
यस घटनाले पुनर्वास नगरपालिकाका जनप्रतिनिधि र प्रशासन माथि जनतामा गम्भीर असन्तोष उत्पन्न गराएको छ भने स्थानीय नागरिकले निष्पक्ष छानबिन सहित दोषीमाथि कडा कारबाही हुनुपर्ने बताएका छन् ।

