

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकाले वादी समुदायका लागि घर बनाउने भएको छ । यस वर्ष वादी समुदायका लागि पाँच घर बनाउन लागिएको छ ।
घर निर्माण शिलान्यास कार्यक्रम तय गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री राजेन्द्र सिह रावलले घर निर्माण शिलान्यास गर्ने मेयर किशोर कुमार लिम्बुले बताए ।

‘वादी समुदायका लागि पाँच घर निर्माण गर्ने कार्य सुरुवात गर्दैछौ, निवर्तमान मुख्यमन्त्रीज्यूबाट शिलान्यास गर्ने कार्यक्रम छ’ मेयर लिम्बुले भने ।
दोधारा चाँदनीमा बडवाल टोल र जमुनाभाडीमा वादी समुदायको बसोबास छ । सहरी विकास तथा भवन निर्माण विभागले भवन बनाउन लागेको हो । बडवाल टोल र जमुनाभाडी दुबै वस्तीमा वादी समुदाय कच्ची घरमा बस्दै आएका छन् ।
मादल बनाउने र गाउँ घरमा नाचगान गरी उनीहरु गुजारा चलाउँदै आएका छन् । बादी समुदायका अगुवा रेशम बादीले कच्ची घरका त्रिपाल समेत च्यातिएर बस्न नसकिने अवस्था भएको बताए ।
