ghar sansar

पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कञ्चनपुर अध्यक्षमा अवस्थी चयन

khasi

महेन्द्रनगर । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कञ्चनपुरको अध्यक्षमा अनिरुद्र पुस्तक पसलका सञ्चालक गुणकर अवस्थी चयन भएका छन् । महासंघ कञ्चनपुरको शनिबार सम्पन्न १८ औं वार्षिक साधारण सभा तथा ८ औ अधिवेशनबाट अवस्थीको अध्यक्षतामा नयाँ समिति चयन गरिएको छ ।

dirghayi clinic

समितिको उपाध्यक्षमा जगन्नाथ पुस्तक पसलका सञ्चालक नवराज भट्ट उपाध्यक्ष र मालिका पुस्तक पसलका सञ्चालक विनोद बोकटी सचिव चयन भएका छन् । समितिको सह सचिवमा भूमिराज पुस्तक पसलका राज बहादुर र कोषाध्यक्ष चौलाली पुस्तक पसलका दिनेश खडायत चयन भएका छन् ।

ratnam

समितिमा मान सिह ऐर, प्रदिप विष्ट, धन बहादुर बोहरा, राजेन्द्र विष्ट, मान बहादुर कार्की र रमेश प्रसाद जोशी सदस्य चयन भएका छन् । समितिमा मेघराज बोहरा, महेशराज बोहरा र कृष्णराज भट्ट सल्लाहकार चयन भएका छन् ।

संघका निवर्तमान अध्यक्ष धर्मानन्द भट्टको अध्यक्षतामा गरिएको कार्यक्रममा नेहा पुस्तक भण्डारका सञ्चालक शंकरदत्त भट्ट प्रमुख अतिथि थिए । कार्यक्रममा महेश प्रसाद बोहरा र चक्र साउँद विशिष्ठ अतिथि थिए ।

Himal dental
सम्बन्धित
Loading...