ghar sansar

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रको अध्यक्षमा भोजराज भट्ट

khasi

महेन्द्रनगर । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र महेन्द्रनगरको अध्यक्षमा भोजराज भट्ट चयन भएका छन् । केन्द्रको शनिबार सम्पन्न १६ औ वार्षिक साधारण सभा तथा १० औ अधिवेशनबाट भट्ट अध्यक्षमा चयन भएका हुन् ।

१० औ वार्षिक साधारण सभा तथा १० र्औं अधिवेशनको बन्द सत्रबाट अध्यक्ष भट्टको नेतृत्वमा सर्वसम्मत समिति चयन गरिएको छ । भट्ट यस अघि समितिमा उपाध्यक्ष थिए ।

समितिको उपाध्यक्षमा बिमल खडायत, सचिव भुवन कुवँर के.सी., कोषाध्यक्ष सुनिल दत्त ओझा र सह–सचिव प्रशान्त भट्ट चयन भएका छन् ।

dirghayi clinic

समितिमा किशोर बिक्रम जैरू, भारती चौधरी, बिश्ना देवी रावल, कुशुम भट्ट, सिद्धराज भट्ट, खगेन्द्र सिह बिष्ट, लिला सिह बोहरा, पुष्कर राज पाण्डेय, राजेन्द्र प्रसाद जोशी, महेश राज जोशी, जितेन्द्र बहादुर चन्द र गजेन्द्र राज पाण्डेय सदस्य भएका छन् ।

उदयदेब बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष नारा जोशीको प्रमुख आतिथ्यमा गरिएको साधारण सभा उद्घाटन समारोहमा सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक गणेश चन्द विशिष्ठ अतिथि थिए ।

सामुदायिक प्रहरी सेवा केन्द्रका निवर्तमान अध्यक्ष कृष्णप्रसाद बोकटीको अध्यक्षताम उद्घाटन कार्यक्रम गरियो । कार्यक्रममा सुदूरपश्चिम प्रहरी प्रमुख चन्द र भीमदत्त नगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगी लगायतलाई सम्मान गरिएको छ ।

प्रहरी र समुदायबीच सहकार्य र समन्वय गरी सामाजिक शान्ति सुरक्षा र अमनचयन कायम गर्नका लागि सामुदायिक सेवा केन्द्र स्थापना गरिएको छ ।

 

Himal dental
सम्बन्धित
Loading...