

महेन्द्रनगर । कृष्णपुर नगरपालिका–२ स्थित सरस्वती माध्यमिक विद्यालयबाट ८६.१३ क्युफिट काठ बरामद गरिएको छ । सब डिभिजन वन कार्यालय वाणीका अनुसार आइतबार उक्त मात्रामा कु–काठ (बररो ) बरामद गरिएको छ ।
सब डिभिजन वन कार्यालय वाणीका प्रमुख भरत शाहका अनुसार शनिबार साँझ विद्यालयमा अवैध तरिकाले काठ कटानी गरिएको फेला परेको थियो ।


विद्यालय व्यवस्थापन समितिले उक्त रुखको जरा समेत नदेखिने गरि डोजर लगाएर पुरै उखालेको भेटिएको सब डिभिजन वन कार्यालय वाणीले जनाएको छ । रुख कहिले काटिएको भने खुल्नमा आएको छैन ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन साउँदले पुस अन्तिम सातादेखि हुने रास्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको लागि विद्यालय परिसरमा सरसफाइ गर्न खोजिएको बताएका छन् ।
उनले ठाडो रुख नभई ढलेको रुखको गोलिया बनाइएको दाबी गरे । उनले अनुमती भने नलिईएको स्वीकार गरेका छन् ।
