

महेन्द्रनगर । सुदूरपश्चिममा दलित समुदायको हक, हित र सामाजिक न्यायका लागि काम गर्ने संघ संस्थाहरूको सहकार्यमा ‘दलित सामाजिक मञ्च’ सुरु भएको छ । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले मंगलबार धनगढीमा मञ्च उद्घाटन गरेका छन् ।

उद्घाटन समारोहमा दलित समुदायका मुद्दाहरू कसरी प्रभावकारी ढंगले उठान गर्ने र आगामी दिनमा राज्यका हरेक संरचनामा दलितहरूको अर्थपूर्ण पहुँच कसरी सुनिश्चित गर्ने भन्ने विषयमा छलफल हुनेछ। कार्यक्रममा दलित समुदायको अधिकार र सशक्तीकरणका लागि भावी रणनीतिहरूमा समेत व्यापक छलफल हुने बताइएको छ ।

साभार : दिनेश खबर
