

महेन्द्रनगर । भीमदत्त नगरपालिका ९ ब्रह्मदेबस्थित सिद्धनाथ मन्दिर संरक्षा समितिको निर्वाचनको मत गणना सुरु भएको छ । राति १० बजेसम्म १ सय मत गणना सकिएको छ ।
एक सय मत गणना हुँदा अध्यक्षमा केशव सिह नायकले अग्रता लिएका छन् । उनले ६८ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी बीर बहादुर खड्काले ३१ मत ल्याएका छन् ।


उपाध्यक्षमा यज्ञ नाथ नाथ र हेमराज भट्टले बराबर ३४ मत ल्याएका छन् । उपाध्यक्षका उम्मेदवार राममति पालले २८ मत ल्याएका छन् ।
सचिवमा मोति सिह महताले अग्रता लिएका छन् । उनले ४४ मत ल्याएका छन् । अर्का उम्मेदवार केशव नाथ योगी ३६ र मोती सिह बुढा १८ मत ल्याएका छन् ।
कोषाध्यक्षमा किसन नाथ ४७ मत ल्याएर अग्रता लिएका छन् । उनका प्रतिस्पर्धी करन पाल ४६ मत ल्याएका छन् । सह सचिव राधा महता भाट ६५ मत ल्याएर अग्रता लिएकी छन् । उनका प्रतिस्पर्धी करन कार्की २८ मत ल्याएका छन् ।
सदस्यमा इन्द्र सिह धामी ६६, उमा भण्डारी ५२, दल बहादुर रोकामगर ५६, धनीराम कोली ५३, निर्मला जोशी पाल ६४ मत ल्याएका छन् । निर्वाचनमा ७ सय ६६ मत खसेको छ।
