ghar sansar

चुरे क्षेत्रमा पिकनिक खान गएका भीमदत्त १० जिमुवाका विष्टको मृत्यु

khasi

महेन्द्रनगर । कञ्चनपुरमा मंगलबार पिकनिक खान गएका एक युवकको मृत्यु भएको छ । भीमदत्त नगरपालिका–१० जिमुवाका २६ वर्षीय बिक्की भनिने विक्रम विष्टको मृत्यु भएको हो ।

dirghayi clinic

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार भीमदत्त नगरको चुरे क्षेत्र खन्या खोलामा चिप्लिएर मृत्यु भएको प्रारम्भिक जानकारी आएको छ ।

विष्टसंगै उनकै आफन्त नाता पर्ने अरु ३ जना पनि पिकनिक गएका थिए। प्रहरीका अनुसार खोलाबाट माथि चुरे उक्लिँदा चिप्लिएर विष्टको मृत्यु भएको प्रारम्भिक जानकारी छ ।

विष्टलाई उपचारको लागि महाकाली प्रादेशिक अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषित गरेका थिए । उनको शव अहिले महाकाली प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Himal dental
सम्बन्धित
Loading...