

महेन्द्रनगर । भीमदत्त नगरपालिका ३ भासीस्थित ब्रिक्सटन कलेजले आफ्नो १६ र्औ वार्षिकोत्सव तथा ब्रिक्सटन स्पेक्ट्रा मनाई रहेको छ । व्यवसायी खगेश्वर बोहराको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको छ ।


कलेजका अध्यक्ष डा. नेत्रराज चटौतको अध्यक्षतामा गरिएको कार्यक्रममा भीमदत्त नगरपालिकाका नगर प्रवक्ता पदमराज अवस्थी, भीनपा ४ का वडा अध्यक्ष सुशिल कुमार भट्ट, व्यवसायीहरु लक्ष्मीदत्त पाण्डेय, तेज बहादुर चन्द, प्याब्सन केन्द्रीय सल्लाहकार डा. हिरा चन्द, प्याब्सन केन्द्रीय उपाध्यक्ष सुरेन्द्रराज ओझा, एन प्याब्सन केन्द्रीय श्याम सिह मौनी, नेपाल परिवार नियोजन संघ कञ्चनपुरका अध्यक्ष कृष्ण प्रसाद पाठक, उदयदेब बहुउद्देश्यीय सहकारी संस्था लि. का प्रमुख कार्यकारी अधिकृत गणेश बहादुर चन्द लगायतका सहभागी भएका छन् ।
कार्यक्रममा कलेजका प्रिन्सिपल डा. भोजराज पन्तले वार्षिक प्रतिवेदन प्रस्तुत गरे । विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरि रहेका छन् । कलेजले विभिन्न विधाका उत्कृष्ठ विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको छ । कार्यक्रम साँझ ५ बजेसम्म सञ्चालन हुने बताइएको छ ।
