ghar sansar

ब्रह्मदेब बजार बाहिरबाट सिद्धनाथ मन्दिर संरक्षण समितिमा पहिलो पटक पदाधिकारी निर्वाचित भए यज्ञराज नाथ

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका ९ ब्रह्मदेबस्थित सिद्धनाथ मन्दिर संरक्षण समितिमा ब्रह्मदेब बजार बाहिरबाट पहिलो समितिमा पदाधिकारी निर्वाचित भएका छन् ।

समितिको १७ औं निर्वाचनमा उपाध्यक्षमा निर्वाचित यज्ञराज नाथ(राजु) ब्रह्मदेब बाहिरबाट समितिमा पदाधिकारी हुने पहिलो सदस्य हुन । मटेनाका नाथ बुधबार विहान सकिएको मत गणनामा २ सय ४८ मत ल्याएर निर्वाचित भएका हुन् ।

ratnam

यस अघि समिति पदाधिकारीका लागि चुानव लडेका ब्रह्मदेब बजार बाहिरका सबै सदस्यले पराजय भोगेका थिए । समिति पदाधिकारीका लागि राम नाथ, भानी नाथ लगायतले यस अघि निर्वाचन लडेका थिए । उपाध्यक्षका दुई प्रतिस्पर्धीलाई हराउँदै उनी उपाध्यक्ष भएका हुन् ।

नाथ राजनीति र समाज सेवामा सक्रिय युवा हुन् । समितिको उपाध्यक्षमा उम्मेदवार भएपछि उनले सबै मतदातालाई भेटेर सहयोगको अपील गरेका थिए ।

उनी हाल एमाले सम्बद्ध राष्ट्रिय युवा संघ नेपालको जिल्ला कमिटी सचिवालय सदस्य छन् । उपाध्यक्ष निर्वाचित भएपछि उनले सिद्धनाथ मन्दिरको समग्र व्यवस्थापनका लागि सक्रिय रुपमा लाग्ने बताए ।

‘सम्पुर्ण मतदाता यस मन्दिर तथा समग्र वार्ड न ९ को मतदाता तथा व्यवसायी लगायत सबै पार्टी, संघ संस्था, सरकारी तथा गैर सरकारी निकाय सबैप्रति जिम्मेवारी रहि यस मन्दिर लाई पर्यटन क्षेत्रमा अहम् भुमिका खेल्ने बनाउने कार्यमा सक्रिय रुपमा लाग्छु’ उनले भने ।

dirghayi clinic

समितिको अध्यक्ष केशव सिह नायक निर्वाचित भएका छन् । समितिको १७ औं निर्वाचनमा प्रतिद्वन्द्वी बीर बहादुर खड्कालाई ११७ मतले पराजित गरी नायक अध्यक्ष निर्वाचित भएका हुन् । निर्वाचन समितिले घोषिण अन्तिम मत परिणाम अनुसार अध्यक्ष निर्वाचित नायकले ४ सय ३४ र खड्काले ३ सय १७ मत ल्याएका छन् । मत गणनामा नायकले सुरुदेखि अग्रता लिएका थिए ।

समितिको उपाध्यक्ष यज्ञ नाथ निर्वाचित भएका छन् । नाथका निकटतम प्रतिद्वन्द्वी राजमति पालले २ सय २४ मत ल्याएकी छन् । उपाध्यक्षका अर्का प्रतिद्वन्द्वी हेमराज भट्ट २ सय २४ मत ल्याएका छन् ।

समितिको सचिवमा ३ सय ४७ मत ल्याएर मोती सिह महता निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी केशव नाथ योगीले २ सय ४८ मत ल्याएका छन् । अर्का प्रतिद्वन्द्वी मोति सिह बुढा १ सय २८ मत ल्याएका छन् ।

कोषाध्यक्षमा करन सिह पाल निर्वाचित भएका छन् । किसन नाथलाई पराजित गरी उनी कोषाध्यक्ष भएका छन् । निर्वाचित पालले ४ सय २९ र नाथले २ सय ८५ मत ल्याएका छन् ।

राधा महता भाट ४ सय ४६ मत ल्याएर सह सचिव निर्वाचित भएकी छन् । उनले करन सिह कार्कीलाई पराजित गरेकी छन् । कार्की २ सय ४७ मत ल्याएका छन् ।

समितिको सदस्यमा इन्द्र सिह धामी (४८२), निर्मला जोशी पाल(४८४), उमा भण्डारी(४०७), दल बहादुर रोकामगर(४५७), प्रेम सिह नायक (५३६), र शंकर विष्ट(४६७) निर्वाचित भएका छन् ।

६ सदस्यका लागि ८ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो । सदस्य पराजित धनीराम कोली (२४७) र राज बहादुर बुढा(४०) मत ल्याएका छन् ।

Himal dental
सम्बन्धित
Loading...