
कञ्चनपुर प्रहरी कार्यालभित्रै प्रहरी जवानले गरे आफैंलाई गोली प्रहार गरी आत्महत्या प्रयास
टाउकोमा गम्भीर चोट, धनगढी रिफर

महेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी जवान चक्र प्रसाद न्यौपानेले आफैंमािथ गोली प्रहार गरी आत्महत्या प्रयास गरेका छन् ।

प्रहरी स्रोतका अनुसार प्रहरी जवान न्यौपानेले शुक्रबार साँझ ७ बजेतिर जिल्ला प्रहरी कार्यालयभित्रै आफूमाथि पेस्तोल प्रहार गरेका हुन् । उनको टाउको गम्भीर चोट लागेको प्रहरीको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता उमेशराज जोशीले आफैमाथि पेस्तोल प्रहार गरेका प्रहरी जवान न्यौपानेको टाउकोमा गम्भिर चोट लागेको बताए । गम्भीर घाइतेलाई महाकाली महाकाली अस्पतालबाट धनगढी रिर्फर गरिएको छ ।
प्रहरी प्रवक्ता जोशीले भने, ‘यो घटना किन के कारणले आफैमाथि उनले गोली चलाएका हुन, यस बारेमा अहिले कारण खुलेको छैन, ‘उनले भने, ‘प्रहरीले अनुसन्धान अघि बढाएको छ ।’
