ghar sansar

एमाले कञ्चनपुर अध्यक्ष बुढाले टारिन ठूलो संकट, अधिकारी र पाण्डेय बाहेक अन्य नेताको रोकियो माओवादी केन्द्र प्रवेश

khasi

महेन्द्रनगर । दुई वर्ष अघिको आम निर्वाचनमा प्रतिनिधि सभा सदस्य उम्मेदवारको टिकट नपाएपछि असन्तुष्ट भएर पार्टीमा निष्क्रिय भएका एमालेका दुई नेता माओवादी केन्द्र प्रवेश गरेका छन् । एमालेलाई औपचारिक रुपमा छाडेर उनीहरु शनिबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबाट टिका लगाएर माओवादी केन्द्र प्रवेश गरेका हुन् ।

एमाले कञ्चनपुरका पूर्व उप सचिव भक्त बहादुर अधिकारी र तत्कालिन कृष्णपुर गाविसका अध्यक्ष जयराज पाण्डेय माओवादी प्रवेश गरेका हुन् ।

उनीहरु दुबै जना २०७९ को निर्वाचनमा प्रदेश सभा सदस्यका आकाँक्षी थिए । पाण्डेय निर्वाचन क्षेत्र नं. २(१) र अधिकारी निर्वाचन क्षेत्र १(१) बाट प्रदेश सभा सदस्यका आकाँक्षी थिए । एमालेले टिकट नदिएपछि उनीहरु दुबै जना असन्तुष्ट थिए ।

dirghayi clinic

प्रदेश सभा सदस्य टिकट नपाएर असन्तुष्ट बसेका अन्य नेता पनि शनिबार माओवादी केन्द्र प्रवेश गर्ने सूचीमा थिए । एमाले नेताहरुको छलफलपछि उनीहरु तत्काल माओवादी केन्द्र प्रवेश गर्न रोकिएका छन् । एमाले कञ्चनपुरका अध्यक्ष लक्ष्मी बुढाले नेताहरु माओवादी प्रवेश गर्ने भएपछि असन्तुष्ट पाण्डेय, अधिकारी सहितका नेताहरुसित छलफल गरेकी थिइन् ।

पाण्डेय र अधिकार बाहेकका अन्य नेताहरुले त्यसपछि माओवादी प्रदेश गर्नबाट रोकिएको एमालेका नेताहरुले बताए । एमाले कञ्चनपुरका अध्यक्ष बुढाले माओवादी केन्द्र प्रवेश गरेका नेताहरुलाई २०७९ मा पार्टी सदस्यबाट समेत हटाएर कारवाही गरेकाले उनीहरु एमाले नभएको बताइन् । 

पुनर्वासमा उनीहरुसंगै एमालेका खेमराज ओझा माओवादी केन्द्र फर्किएका छन् । सर्वोच्च अदालतले तत्कालिन नेकपा विघटन गरेपछि एमाले बसेका ओझा फेरि माओवादी फर्किएका हुन् ।

ठूलो संख्यामा एमालेका असन्तुष्ट नेताहरु पार्टी प्रवेश गर्ने भएपछि प्रचण्डलाई बोलाएर कार्यक्रम गरिएको हो । माओवादी केन्द्रले समाजवादीका नेतालाई पनि पार्टी प्रवेश गराउने कार्यक्रमको सूचीमा समावेश गरिएका थिए । पुनर्वासको प्रतिभानगरमा गरिएको कार्यक्रममा राष्ट्रिय जनमोर्चाका धरै नेता कार्यकर्ता माओवादी केन्द्र प्रवेश गरेका छन् ।

कार्यक्रममा राप्रपा पूर्व जिल्ला सचिव चित्र बहादुर गुरुङ्ग, गगन धामी, काँग्रेस नेता बिरेन्द्र भट्ट, सन्तोष पन्त, मोहन विक, जनमोर्चाका देवसिह कार्की, नाउपा जुगलाल चौधरी, उपदेश चौधरी,रास्वपा नरेश भण्डारी, नेकपा एकीकृत समाजवादीका नेता हर्क बिसी,बिजय राना सहित ५सय बढि नेता कार्यकर्ताहरुले प्रवेस गरेका छन ।

Himal dental
सम्बन्धित
Loading...