

महेन्द्रनगर । नेपाल शिक्षक महासंघ बेदकोट समितिले आधारभूत तह(६–८ं) स्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको छ ।
सिसैयास्थित भुवनेश्वरी माध्यमिक विद्यालयमा बेदकोट नगरपालिकाका मेयर भोजराज बोहराको प्रमुख आतिथ्यमा प्रतियोगिता गरिएको छ ।
शिक्षक महासंघ बेदकोटका अध्यक्ष रण बहादुर दौल्यालले अध्यक्षता गरेको कार्यक्रममा बेदकोट नगरपालिका शिक्षा, युवा तथा खेलकूद शाखा प्रमुख पदमराज भट्ट र शिक्षक महासंघका जिल्ला सचिव जगदीश प्रसाद जोशी विशिष्ठ अतिथि थिए ।

१७ विद्यालय सहभागी प्रतियोगितामा बैजनाथ माध्यमिक विद्यालय जडेपानीले प्रथम स्थान हासिल गरेको छ । उदयदेब माध्यमिक विद्यालय सुन्दरपुर द्वितीय र जनता माध्यमिक विद्यालय गाउजीले तेस्रो स्थान हासिल गरेका छन् । पशुपति आधारभूत विद्यालय वसन्तुपुरले प्रतियोगितामा सान्तवना स्थान हात पारेको छ ।
प्रतियोगितामा पासिङ्ग, नन पासिङ्ग, ¥यापिड फायर, अडियो, भिजुअल लगायतका सबै राउण्ड गरी उत्कृष्ठ विद्यालयट छनौट गरिएको छ । प्रतियोगिताको पुरस्कार जगन्नाथ पुस्तक पसल र दुर्गा पुस्तक भण्डारले प्रायोजन गरेको छ ।
कार्यक्रममा बेदकोट नगरपालिका शिक्षा शाखाका अधिकृत, नगर खेलकूद विकास समितिका अध्यक्ष, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, शिक्षक, विद्यार्थी सहभागी भएका छन् ।
नेपाल शिक्षक महासंघ बेदकोट समितिका सह अध्यक्ष शिवदत्त बिष्टले कार्यक्रममा स्वागत मन्तव्य राखेका थिए ।

