ghar sansar

सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित गराउन दिन थालियो दबाव

khasi

महेन्द्रनगर । सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समिति र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहबिच छलफल भएको छ ।

विश्वविद्यालयको विधेयक चाँडो पास गराउन दवाव दिने, प्रदेश मातहतका अस्पताल गेटा अस्पतालमा गाभ्ने लगायतका विषयमा आइतबार संघर्ष समिति र मुख्यमन्त्रीबिच धनगढीमा छलफल भएको हो। छलफलमा संघर्ष समितिका संयोजक लोकराज पाण्डेले प्रदेश सरकारले सेती, महाकाली अस्पताललाई गेटा अस्पतालमा मर्ज गरेर भए पनि गेटामा शिक्षण शिक्षा सञ्चालन गर्न लिएको तदारुकताप्रति धन्यावाद दिए ।

dirghayi clinic

उनले अहिले विश्वविद्यालयको विधेयकमा संसदमा पेस हुने तयारीमा रहेको अवस्थामा विश्वविद्यालयको विधेयक पास हुने बित्तिकै मेडिकल शिक्षा सुरु गर्ने वातावरण तयार गर्नमा प्रदेश सरकारले जोड दिनुपर्ने बताए । उनले विधेयक आउने बित्तिकै ३ सय शय्याको अस्पताल चलाउन समय लाग्ने भएकाले त्यति बेलासम्म सेती र महाकालीलाई गेटा अस्पतालमा मर्ज गरेर पठनपाठन सुरु हुने वातावरण बनाउनुपर्ने बताए ।

छलफलमा मुख्यमन्त्री शाहले आगामी हिउँदे अधिवेशनबाट विश्वविद्यालयको विधेयक प्रतिनिधि सभाबाट पास हुने अपेक्षा लिएको बताए। आगामी शैक्षिक सत्रदेखि के कसरी पठनपाठन सुरु गर्न सकिन्छ भन्ने बारेमा स्वास्थ्य मन्त्री सहित, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्र मन्त्री आरजु राणा देउवाबिच छलफल भएको थियो ।

छलफलपछि हामीले सेतीलाई गेटा अस्पतालमा मर्ज गर्ने प्रक्रिया अगाडि बढेका छौ’ उनले भने ‘यस विषयमा प्रधानमन्त्रीसँग पनि छलफल अगाडि बढिरहेको छ ।

सेती मात्रै मर्ज गर्दा कम परेको खण्डमा महाकाली, टीकापुर अस्पताललाई पनि मर्ज गर्न सकिन्छ। उनले विधेयकमा सुदूरपश्चिमको आरक्षण राख्नुपर्ने आफूहरूको पनि सरोकारको विषय भएकाले यस विषयमा यस क्षेत्रका सांसदहरूसँग कुरा राख्ने बताए ।

Himal dental
सम्बन्धित
Loading...