ghar sansar

साधारण स्कुलले मनायो ४८ औं वार्षिकोत्सव, ५ हजार विद्यार्थी पुगाउने लक्ष्य

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ कटानस्थित महेन्द्रनगर नमूना माध्यामिक विद्यालय(साधारण स्कुल) ले ५ हजार विद्यार्थी पुगाउने योजना घोषणा गरेको छ । विद्यालयमा हाल दुई हजार सात सय ८५ विद्यार्थी अध्ययनरत छन् । 

विद्यालयको ४८ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसमा सोमबार व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रराज विष्टले विद्यालयको आगामी योजान प्रस्तुत गर्दै विद्यार्थी संख्या बढाउने  घोषणा गरेका हुन् ।

अध्यक्ष विष्टले आगामी वर्ष ५ हजार विद्यार्थी पुगाउने, पढ्दै कमाउँदै कार्यक्रमलाई निरन्तरतादिने, छात्रबृत्ति रकम २० प्रतिशतबाट बढाएर २५ प्रतिशत विद्यार्थीलाई दिने लगायतका योजना प्रस्तुत गरे । 

विद्यालयले कमजोर आर्थिक अवस्था भएका विद्यार्थीलाई आन्तरिक स्रोतबाट छात्रबृत्ति दिँदै आएको छ । अध्यक्ष विष्टका अनुसार सात विद्यार्थीले छात्रबृत्ति पाउने गरेका छन् ।  

विद्यालयमा सुदूरपश्चिम प्रदेशकै पहिलो विज्ञान प्रयोगशाला निर्माण गर्ने तयारी थालिएको अध्यक्ष विष्टको भनाई छ ।

dirghayi clinic

‘विद्यालयका सबै शिक्षक, विद्यार्थीको मेहनतले विद्यालयको शैक्षिक गुणस्तर बृद्धि भईरहेको छ, ‘सबैको साथ सहयोगले विद्यालय अघि बढेको छ’ उनले भने ।

विद्यालयले कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीको प्रमुख आतिथ्यमा वार्षिकोत्सव कार्यक्रम गरेको छ । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक देबराज भट्टले प्रगति प्रतिवेदन प्रस्तुत गरे ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य बेल बहादुर राना, भीमदत्त नगरपालिकाका उप मेयर निलम लखेक जोशी, भीमदत्त नगरपालिका १८ का वडा अध्यक्ष रविन्द्र प्रसाद देबकोटा, बैजनाथ माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अचुतराज कलौनी लगायतले शुभकामना मन्तव्य राखे ।

विद्यालयले निर्वतमान प्रधनाध्यापक ललित सिह साउद, विद्यालयका आधारभूत संयोजक लोकमणी भट्ट, शिक्षक सन्तोषराज पाण्डेय, कमला भाट, प्रकाशराज जोशी, कर्मचारी कृष्णदत्त जोशी, अभिभावक सीमा नेपाली, गोबिन्द सिह बोहरा र कमला सेर्पालाई सम्मान गरिएको छ ।

विद्यालयका सहायक प्रधानाध्यापक सरस्वती भाट(धामी)ले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

 

Himal dental
सम्बन्धित
Loading...