ghar sansar

महाकाली नदीको चार लेन पुलको ठेकेदार कम्पनीका इन्जिनियर पक्राउ परेपछि उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य मल्लदेखि वडा अध्यक्षसम्म पुगे प्रशासन कार्यालय

khasi

महेन्द्रनगर । महाकाली नदीको चार लेन पुल निर्माण ठेकेदार कम्पनी कुमार सिएफईसी जोईन्ट भेन्चरका इन्जिनियर किशोर पाण्डेय सहितलाई प्रहरीले पक्राउ गरेपछि जनप्रतिनिधि सहित उद्योगी व्यवसायीका नेता प्रशासन कार्यालय पुगेका छन् ।

ठेकेदार कम्पनीले इन्जिनियर पाण्डेयलाई खटाएर पहुँच मार्ग भत्काएपछि जिल्ला प्रहरी कार्यालयले उनी सहित कम्पनीका अपरेटरलाई पक्राउ गरेको हो । पक्राउ गरेपछि दुबै जनालाई जिल्ला प्रशासन कार्यालय लगेर प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटासित छलफल गरिएको थियो ।

ratnam

उनीहरुलाई प्रशासनमा ल्याएर भीमदत्त नगरपालिका १२ का वडा अध्यक्ष भुपेन्द्र सिह रावल, १३ का वडा अध्यक्ष रामचन्द्र बोहरा सहित वडा सदस्य, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य जङ्ग बहादुर मल्ल सहित प्रशासन कार्यालय पुगेका छन् ।
उनीहरुसंगै महाकाली नदी तटीय क्षेत्रका केही स्थानीय पनि प्रशासन कार्यालय पुगेका छन् ।

पहुँच मार्ग भत्काएर सडक अवरोध गरेपछि इन्जिनियर पाण्डेय सहितलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेश जोशी नेतृत्वको टोलीले प्रहरीको गाडीमा राखेर प्रशासनबाट प्रहरी कार्यालय ल्याएको थियो । प्रहरी कार्यालयमा कागज गरी पाण्डेय सहित दुबै जनालाई छाडिएको प्रवक्ता जोशीले बताए ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले प्रशासन कार्यालयमा छलफल गरी प्रहरी कार्यालयमा ल्याएर कागज गरी दुबै जनालाई जिम्मा लगाएको बताए । ‘त्यहाँबाट ल्याएपछि प्रशासन कार्यालयमा छलफल गरी यता(प्रहरी कार्यालय) ल्याएर जिम्मा लगाएका छौ’ प्रहरी नायब उपरीक्षक जोशीले भने ।प्रशासन कार्यालयमा छलफलपछि इन्जिनियर पाण्डेयले स्थानीयको दबावमा पहुँच मार्ग खनेर भत्काएको बताए ।

dirghayi clinic

‘स्थानीयबाट धेरै दबाव आयो, त्यसपछि हामी आफंैले सडक खनेर अवरुद्ध गर्न खोजेका हौ’ इन्जिनियर पाण्डेयले भने ।

कुमार सिएफईसी जोईन्ट भेन्चरले तीन वर्षमा महाकाली नदी र पहुँच मार्ग निर्माण कार्य पूरा गर्ने सम्झौता गरी २०७४ मा पुल निर्माणको ठेक्का लिएको थियो । सम्झौता अनुसार तीन वर्षको काम पूरा नभएपछि पटक पटक ठेक्का म्याद थप भएर फेरि म्याद थप प्रक्रिया अघि बढेको छ ।

ठेक्काको फेरि म्याद थप प्रक्रिया अघि बढाएपछि ठेकेदार कम्पनी आफैंले पहुँच मार्ग भत्काएर निर्माण पुल निर्माण कार्यमा अवरोध गर्ने अवस्थामा पुगेको हो ।

पुल निर्माण ठेक्का सम्झौतापछि ठेकेदार कम्पनी आफैंले पुल निर्माणमा अवरोध गर्न खोजेको हो । पुल निर्माण कार्य अन्तिम चरणमा भएको महाकाली पुल आयोजानका अधिकारीहरु बताउँछन् ।

आयोजना कार्यालयका अधिकारीहरुका अनुसार पुल निर्माणको चौथो भेरिएसन स्वीकृत गराउन दबावका लागि पहुँच मार्ग भत्काएको आशंका गरेका छन् ।

यस अघि ठेकेदार कम्पनीले तीन पटक भेरिएसन गरि सकेका छन् । ठेकेदार कम्पनीले पुस गते पुल बन्द गर्ने चेतावनी दिएको थियो ।

त्यसपछि ९ पुष ०८१मा महाकाली पुल योजना कार्यालयले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरलाई पत्र पठाउँदै गड्डाचौकीमा सडक अवरोध भएकाले सहजिकरणका लागि पत्राचार गरिएको थियो ।

Himal dental
सम्बन्धित
Loading...