ghar sansar

शिक्षक महासंघले शैक्षिक आन्दोलनका लागि थाल्यो सुदूरपश्चिमबाट छलफल, महेन्द्रनगरमा गरियो सुदूरपश्चिम स्तरीय भेला

khasi

महेन्द्रनगर । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले शैक्षिक आन्दोलन तयारीका लागि सुदूरपश्चिमबाट छलफल सुरु गरेको छ । त्यसका लागि भीमदत्त नगरपालिकाबाट बुधबार सुदूरपश्चिम भेला गरी शैक्षिक आन्दोलन तयारीका लागि छलफल गरिएको छ ।

भेलाको अध्यक्षता गरेका महासंघ राष्ट्रिय समिति सचिव एबम् कार्यक्रम संयोजक बिर्ख बहादुर मल्लले महासंघ र सरकारबीच विगतमा भएका सम्झौता कार्यान्वयन, विद्यालय विधेयक पारित र आगामी शैक्षिक आन्दोलन लगायतका विषयमा भेलामा छलफल गरिएको बताए ।

‘यो शैक्षिक आन्दोलनको तयारीका लागि गरिएको भेला हो, महासंघको गत विगतको आन्दोलनमा सरकारसित भएका सम्झौता कार्यान्वयन भए नभएको, विद्यालय शिक्षा विधेयक जारी गर्नका लागि आगामी आन्दोलन के कसरी गर्ने, त्यसको स्वरुप कस्तो हुने भन्ने लगायतका विषयमा छलफल भएको छ’ उनले भने ।

dirghayi clinic

शिक्षक महासंघका राष्ट्रिय समिति अध्यक्ष लक्ष्मीकिशोर सुवेदीको प्रमुख आतिथ्यमा भेला गरिएको छ । भेलामा महासंघका उपाध्यक्ष प्रेम भट्टराईल कार्यपत्र प्रस्तुत गरेका थिए ।

भेलामा नेपाल शिक्षक संघका केन्द्रीय अध्यक्ष सोमनाथ गिरी, विद्यालय कर्मचारी परिषदका केन्द्रीय अध्यक्ष गंगाराम तिवारी लगायतले मन्तव्य राखे ।

सुदूरपश्चिम प्रदेशका ९ ओटै जिल्लाका शिक्षक महासंघ र महासंघ आवद्ध संस्थाका प्रतिनिधि भेलामा सहभागी भएका छन् ।

शिक्षक महासंघ कञ्चनपुरका अध्यक्ष निर्मला जोशीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन महासंघका उप महासचिव (अर्थ ) मदनराज जोशीले गरेका थिए ।

Himal dental
सम्बन्धित
Loading...