

महेन्द्रनगर । प्रहरीले लागु औषध खैरो हिरोइन सहित तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार उनीहरुलाई बेलौरी र ब्रह्मदेबबाट पक्राउ गरिएको छ ।

प्रहरी चौकी टेडुवाबाट खटिएको प्रहरी टोलीले बेलौरी नगरपालिका २ बैजुडाँडबाट कृष्णपुरका गणेश बहादुर खड्का र चेत राज भण्डारीलाई पक्राउ गरेको छ । उनीहरुसित ६.४२ ग्राम खैरोहेरोईन भेटिएको प्रहरीले जानकारी दिएको छ ।

यसैगरी इलाका प्रहरी कार्यालय बह्रमदेवले भीमदत्त नगरपालिका ९ का ब्रह्मदेबका गणेश बुढालाई ०.६९ ग्राम खैरोहेरोईन सहित पक्राउ गरेको सार्वजनिक गरेको छ ।
उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरी कार्यालयका प्रवक्ता डिएसपी उमेश जोशीले बताए ।
