
अमिटी कलेजमा च्याम्पियन विकेन्ड सुरु, उद्घाटनमा ओलम्पियन भट्ट सहित चार खेलका प्रशिक्षकलाई नगद सहित सम्मान


महेन्द्रनगर । भीमदत्त नगरपालिका ६ स्थित अमिटी कलेजले बर्सेनी आयोजना गर्दै आएको अमिटी च्याम्पियन विकेन्ड (सप्ताहव्यापी खेलकूद महोत्सव) लाई यस वर्ष पनि निरन्तरता दिएको छ ।
कलेजको वार्षिकोत्सको पूर्व सन्ध्यामा बिहीबार खेलकूद क्षेत्रका प्रतिष्ठित खेल प्रशिक्षक सहभागी औपचारिक कार्यक्रममा महोत्सव उद्घाटन गरिएको छ ।

बिहीबारदेखि सात दिनसम्म लगातार सञ्चालन हुने महोत्सव उद्घाटन कलेजका अध्यक्ष गोकुलदेब भट्टले गरे । अमिटी कलेजका विद्यार्थीहरुको अमिटी स्पोर्टस एण्ड कल्चरल क्लबले आयोजना गरेको महोत्सवमा अध्यक्ष भट्ट प्रमुख अतिथि थिए ।
उद्घाटन कार्यक्रममा ओलम्पियन डम्बर भट्ट, वरिष्ठ कबड्डी प्रशिक्षक तारा सिह भाट, कराँते प्रशिक्षक बिमल खडायत र फुटबल प्रशिक्षक पुस्कर शाही सहभागी भए । उनीहरु सबैलाई कार्यक्रममा नगद सहित सम्मान गरिएको छ ।
उद्घाटन कार्यक्रमछि चार जना प्रशिक्षक र विद्यार्थीहरुबीच अन्र्तक्रिया कार्यक्रम गरिएको छ । विद्यार्थीहरुले उनीहरुलाई खेल जीवन, खेलकूद क्षेत्रका चुनौती अवसर, खेलाडी, प्रशिक्षको सार्वजनिक र व्यक्तिगत जीवन लगायतका विभिन्न विषयमा जिज्ञासा राखे ।

कलेज प्राङ्गणमा गरिएको कार्यक्रममा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक प्रस्तुति गरे । बीबीए र बिएचएम पठनपाठन हुने अमिटीमा हाल ५ सय ३३ विद्यार्थी अध्ययनरत छन् ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै कलेजका प्रिन्सिपल रविन्द्र अवस्थीले वार्षिकोत्सवको अवसरमा पारी कलेजमा वर्सेनी कार्यक्रम आयोजना हुँदै आएको बताए । उनले प्रतियोगितामा कलेजका सबै विद्यार्थीहरु सहभागी हुने बताए ।
कार्यत्र mममा विद्यार्थी निलिमा महराले स्वागत मन्तव्य राखेकी थिइन् । उनले कार्यक्रमबाट खेल र साँंस्कृतिक क्षेत्रको विकासमा टेवा पुग्ने बताइन् ।कार्यक्रमका अतिथि कबड्डीका वरिष्ठ प्रशिक्षक भाटले खेल र खेलाडी राष्ट्रका लागि महत्वपूर्ण भएको उल्लेख गर्दै कलेजले सप्ताहव्यापी गरेको कार्यक्रम सराहनीय भएको बताए ।
महोत्सवमा बास्केट बल, क्रिकेट, टेबुल टेनिस, ब्याटमिन्टन, एथ्लेटिक्स, चेस, बास्केटबल लगायतका खेल समावेश गरिएका छन् । यसैगरी साँस्कृतिक कार्यक्रम पनि राखिएका छन् ।
‘विद्यार्थीहरुलाई अध्ययनसंगै अतिरिक्त क्रियाकलापमा पनि दक्ष बनाउन विभिन्न विधामा खेलकूद, आफनो मौलिक कलामा रहेर साँस्कृतिक कार्यक्रम आयोजना गरिनेछ’ प्रिन्सिल अवस्थीले भने ।
महोत्सवमा ३ सय ६२ पदकका लागि विद्यार्थीहरुले प्रतिस्पर्धा गर्ने छन् । त्यसमा १ सय ६२ स्वर्ण, १ सय ६२ रजत र २९ कास्य पदक छन् ।
