ghar sansar

एमालेमा भूमि आयोग अध्यक्षका आकाँक्षीको लर्को

khasi

महेन्द्रनगर । एमाले कञ्चनपुरले भूमि आयोगको अध्यक्षका लागि सात जना आकाँक्षीको नाम प्रदेश कमिटीलाई बुझाएको छ ।

भूमि आयोग अध्यक्षका आकाँक्षी १५ जनामध्ये बुधबार एमाले पार्टी कार्यालय जिल्ला इन्जार्ज निरुदेबी पाल सहित जिल्ला पदाधिकारीले छलफल गरी सात जनालाई प्रदेश कमिटीमा पठाउन छनौट गरेको थियो ।

छलफलले इन्चार्ज पाल र जिल्ला अध्यक्ष लक्ष्मी बुढालाई समन्वय गरी आकाँक्षीका नाम प्रदेश कमिटीमा बुझाउने जिम्मा दिएको एमाले नेताहरुले बताए ।

सत्ता साझेदार काँग्रेस एमालेबीच भूमि आयोगमा गरिएको भागबण्डा अनुसार कञ्चनपुरमा अध्यक्ष र महिला सदस्य एमालेको भागमा परेको छ ।

काँग्रेसका भागमा आयोगका दुई विज्ञ सदस्य छन् । एमाले कञ्चनपुरले आफ्नो भागमा परेको अध्यक्ष र महिला सदस्यका लागि आकाँक्षीहरुको नाम प्रदेश कमिटीमा बुझाएको हो ।

dirghayi clinic

एमाले नेताहरुका अनुसार अध्यक्षमा सात र महिला सदस्यमा ५ जना आकाँक्षी छन् । आयोग अध्यक्षमा ईश्वरी खरेल, कमला बोहरा, कर्ण चन्द, पल्लवराज भट्ट, जनकराज अवस्थी, गगन खत्री र लक्ष्मी भट्ट छन् । उनीहरुमध्ये खरेल केन्द्रीय लेखा आयोग सदस्य र बोहरा केन्द्रीय सदस्य छन् । चन्द एमाले प्रदेश कमिटी सदस्य, अवस्थी र भट्ट जिल्ला पदाधिकारी तथा खत्री र भट्ट जिल्ला कमिटी सदस्य छन् ।

भट्ट एमालेको भूमिहिनी सुकुम्बासी संगठनको जिल्ला अध्यक्ष छन् । अध्यक्षका आकाँक्षीमध्ये बोहरा यस अघि आयोगको अध्यक्ष भई सकेकी छन् ।

काँग्रेस माओवादी केन्द्रको गठबन्धन सरकार बनेपछि बोहरा अध्यक्षबाट हटेकी थिइन् । एमाले जिल्ला सचिव भट्ट यस अघि पनि आयोगको अध्यक्षका आकाँक्षी थिए ।

महिला सदस्यका लागि सुुदूरपश्चिम प्रदेश कमिटी सदस्य लक्ष्मी, कमला चौधरी सहित खिमा चन्द, कमला भट्ट र मधु भट्ट आकाँक्षी छन् ।

एमाले कञ्चनपुरका अध्यक्ष लक्ष्मी बुढाले आयोगको अध्यक्ष र सदस्यका लागि नेता कार्यकर्ताहरुले आकाँक्षा राखेको बताए ।

प्रदेश कमिटीले केन्द्रीय कमिटीलाई आकाँक्षीको नाम सिफारिश गरेपछि केन्द्रीय कमिटीबाट अध्यक्ष र सदस्यको अन्तिम टुङ्गो लाग्ने नेताहरु बताउँछन् ।

Himal dental
सम्बन्धित
Loading...