

महेन्द्रनगर । अपि हिमाल बचत तथा ऋण सहकारी संस्था लि. को १३ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
सहकारी संस्थाका अध्यक्ष महेशदत्त भट्टको अध्यक्षता र जिल्ला बचत तथा ऋण सहकारी संघका भवानी चन्दको प्रमुख आतिथ्यमा साधारण सभा उद्घाटन गरिएको छ । कार्यक्रममा नेफस्कुन कञ्चनपुर शाखा प्रमुख यम डाँगी विशिष्ठ अतिथि थिए ।

साधारण सभाबाट सहकारी कार्य वाहक अध्यक्ष अधिवक्ता महेशदत्त भट्टलाई तीन तीन वर्षका लागि अध्यक्ष चयन गरिएको छ । सहकारीका अध्यक्ष कृष्णदत्त जोशीको निधन भएपछि उपाध्यक्ष भट्ट कार्य वाहक थिए । यसैगरी उपाध्यक्षमा सदस्य किशोर जोशीलाई चयन गरिएको छ ।

साधारण सभाबाट लेखासुपरिवेक्षण समितिका संयोजक टेक राज जोशी सल्लाहकार चयन गरिएका छन् । भगिरथ पाण्डेयको संयोजकत्वमा राजेन्द्र गिरी र हरिबोधनी रैखोला सदस्य रहने गरी तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति चयन गरिएको छ ।
बन्द सत्रबाट संस्थाको सचिव दिलप सिह धामीले प्रस्तुत प्रगति प्रतिवेदन ,अगामी नीति,कार्यक्रम र बजेट तथा कोषाध्यक्ष अनिता देवि धामीले प्रस्तुत आर्थिक प्रतिवेदन र लेखासुपरिवेक्षण संयोजक टेकराज जोशीले प्रस्तुत प्रतिवेदन पारित गरिएको छ ।
उद्घाटन कार्यक्रममा संस्थाका अध्यक्ष भट्टले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे । कार्यक्रममा कोषाध्यक्ष अनितादेबी धामीले आर्थिक र लेखा सुपरिवेक्षण समितिका संयोजकले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरे ।
उद्घाटन कार्यक्रममा उत्कृष्ठ बचकर्ता, असल ऋणी लगायतलाई नगद सहित सम्मान गरिएको छ । सहकारीका सचिव दिलिप सिह धामीले कार्यक्रम सञ्चालन गरे ।
उद्घाटन सत्रपछि बन्द सत्रबाट विभिन्न प्रतिवेदनमाथि छलफल गरी पारित गरिएका छन् । आर्थिक २०८१÷०८२ को बजेट तथा कार्यक्रम साधारण सभाबाट पारित गरिएको छ ।

