ghar sansar

भीमदत्त नगरपालिका स्तरीय १५ औँ राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता सुरु, मेयर बोगटीले गरे उद्घाटन

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका स्तरीय १५ औँ राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता–२०८१ सुरु भएको छ । भीमदत्तका मेयर पदम बोगटीले प्रतियोगिता उद्घाटन गरे ।

प्रतियोगितामा पहिलो पटक आधारभूत तहका विद्यार्थीहरुले पनि सहभागी भएका छन् । यस अघिका प्रतियोगितामा माध्यमिक तह कक्षा ८–१० का विद्यार्थीहरुले मात्रै भाग लिदैं आएका थिए ।

,orning glory badhai

कार्यक्रम उद्घाटन गर्दै मेयर बोगटीले भने, ‘यो जिल्लाको मात्र नभएर देशकै गहना ओलम्पियन डम्मर भट्ट, दिपक विष्ट, विष्णु सिंह, भलिबलका राष्ट्रिय प्रशिक्षक जगदिश भट्ट, कबड्डीका राष्ट्रिय प्रशिक्षक विष्णु प्रसाद भट्ट, क्रिकेटमा विश्व किर्तिमान बनाएका दिपेन्द्र सिंह ऐरी, भीम सार्की, विनोद भण्डारी, सन्दिप जोरा, चन्द्र साउँद जस्ता विभिन्न विधाका थुप्रै खेलाडीहरु यही माटोका हुन् ।’ उनले भने ‘उहाँहरुले यो जिल्ला खेलाडीहरुको उर्वर भुमी भएको प्रमाणित गरि सक्नु भएको छ ।’

उनले अगाडी भने ‘हामीले हाम्रा खेलाडीहरुलाई सम्मान तथा प्रोत्साहन प्रदान गर्दै आएका छौँ । आगामी दिनमा समेत यहाँको खेल र खेलाडीहरुको विकासका लागि सक्दो सहयोग गर्नेछौँ ।’

dirghayi clinic

यो जिल्लाबाट विभिन्न खेलामा राष्ट्रिय अन्तराष्ट्रिय तथा ओलम्पिक खेलमा प्रतिस्पर्धा र पदक प्राप्त गर्ने खेलाडीहरुलाई उच्च सम्मान गर्दै उनिहरुबाट अहिलेको पुस्ताले सिक्नु पर्ने नगर प्रमुख बोगटीले बताए ।

यस्तै उनले यहाँको खेल विकास तथा विद्यार्थीहरुका प्रतिभाहरु पहिचान गर्ने उद्देश्यले नगरपालिकाले ‘बुक फ्रि फ्राइडे’ कार्यक्रम र पहिलो पटक आधारभूत तहका विद्यार्थीहरुलाई समेत खेलकुद प्रतियोगितामा सहभागी गराएको बताए ।
विद्यालयबाट नै हरेक सिकाईको आरम्भ हुने भएकोले सबै विद्यालयमा रहेका क्षमतावान र प्रतिभावान खेलाडीको खोजी गरी उनिहरुलाई उचित अवसर प्रदान गर्नु हामी सबैको कर्तव्य रहेको समेत उनले बताए ।
कार्यक्रममा नगर उपप्रमुख नीलम लेखक जोशीले यस्ता खेलकुद प्रतियोगिताले युवाहरुलाई लागुऔषध दुव्र्यशन जस्ता गलत कार्यबाट जोगाउन र स्वस्थ रहन सहयोग पुग्ने बताइन ।

करिब ४ दिनसम्म संचालन हुने उक्त प्रतियोगितमा भलिबल, कबड्डी, एथ्लेटिक्स र मार्सल आर्ट गरी ४ विधाका खेलमा झण्डै ३ हजारभन्दा बढी खेलाडीहरुले प्रतिस्पर्धा गर्ने भीमदत्त नगरपालिका शिक्षा शाखा अधिकृत हरिदत्त जोशीले बताए ।

भीमदत्त नगर खेलकुद विकास समितिका अध्यक्ष शरद चन्दको अध्यक्षता गरिएको कार्यक्रममा मेयर बोगटी प्रमुख अतिथि थिए ।

कार्यक्रममा नगर उपप्रमुख जोशी, प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बम, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष, वडा अध्यक्षहरु, सरकारी गैरसरकारी संघसंस्थाका प्रमुख एवम् प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापकहरु शिक्षक, खेल प्रशिक्षक, खेलाडी सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...