ghar sansar

सफल बचत तथा ऋण सहकारी संस्थाको १५ औैं वार्षिक साधारण सभा सम्पन्न

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ स्थित सफल बचत तथा ऋण सहकारी संस्था लि. को १५ औैं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर कुबरको अध्यक्षता र राष्ट्रिय सहकारी महासंघ सञ्चालक समिति सदस्य एबम् प्रदेश बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष माधव प्रसाद जोशीको प्रमुख आतिथ्यमा साधारण सभा गरिएको छ ।

नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य जङ्ग बहादुर मल्ल र ईटा व्यवसायी महासंघका अध्यक्ष शंकर बहादुर चन्द विशिष्ठ अतिथि थिए ।

कार्यक्रममा वरिष्ठ समाजसेवी लिलाध्वज वस्नेत, सहकारीका सल्लाहकार होम बहादुर कुँबर, निङ्गलौशनी सहकारीका प्रेम सिह भाट, समाजसेवी मोहन बहादुर थापा लगायतका सहभागी भएका छन् ।

dirghayi clinic

कार्यक्रमका प्रमुख अतिथि जोशी सहित नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य मल्ल, इटा व्यवसायी महासंघका अध्यक्ष चन्द, सहकारीका सल्लाहकार होम बहादुर कुँबर, निङ्गलाशैनी सहकारीका प्रेम सिह भाट लगायतले शुभकामना मन्तव्य राखे ।

सहकारीका सचिव हेमराज जोशीले कार्यक्रम सञ्चालन गरे । कार्यक्रममा सहकारीका उपाध्यक्ष कमलेश कपाडीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे ।

कार्यक्रममा असल बचतकर्तामा दनपक राज जोशी, प्रमोद कुमार जजोदिया, क्षेत्र चाड, कैलाशचन्द्र भट्ट तथा असल कर्जातर्फ मन्जु भट्ट, राज शाह, नरेन्द्र बहादुर चन्द र मेलिना थापालाई नगद सहित सम्मान गरिएको छ ।

सहकारीमा एक हजार सात सय आठ शेयर सदस्य छन् । सहकारीको शेयर पूँजी एक करोड चार लाख सात हजार छ ।

सहकारीकाले चालु आर्थिक वर्ष २०८१÷०८२ मा २ हजार ५ सय शेयर सदस्य र एक करोड ५० लाख शेयर पूँजी पुगाउने लक्ष्य राखेको छ ।

Himal dental
सम्बन्धित
Loading...