ghar sansar

सवारी दुर्घटना न्यूनीकरणका लागि कञ्चनपुर ट्राफिक प्रहरीले थाल्यो सवारीमा स्टिकर टाँस्ने अभियान

khasi

महेन्द्रनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले सवारी दुर्घटना न्यूनीकरणका लागि सवारी साधनमा स्टिकर टाँस्ने अभियान सञ्चालन गरेको छ । जिल्लाभर सञ्चालन गरिने अभियान महेन्द्रनगर बजारबाट सुरु गरिएको ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका इन्चार्ज प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले चिसो मौसमा हुस्सुका कारण सवारी दुर्घटना हुने जोखिमलाई मध्यनजर गरी स्टिकर टाँस्ने अभियान सञ्चालन गरिएको बताए ।

‘अहिले हुस्सुले सडक दुर्घटनाको अत्यत्न सम्भावना हुन्छ, खास गरी पछाडि लाइट(ब्याक लाइट) नभएर सवारी नदेखेर ठोक्किने र दुर्घटना हुने गर्छ’ ट्राफिक इन्चार्ज पचभैयाले भने,‘त्यसका लागि सवारीको पछाडि स्टिकर टाँसेर उज्यालो भएर सवारी देखिन्छ, अनि ठोक्किने जोखिम कम हुन्छ ।’

ट्राफिक इन्चार्ज पचभैयाका अनुसार साइकल, अटो रिक्सा लगायतका सवारी साधनमा स्टिकर टाँस्ने गरिएको छ । हालसम्म डेढ सय साइकल र दुई सय अटो रिक्सामा स्टिकर टाँसिएको छ ।

‘यो स्टिकर रातिको समयमा आफैं उज्यालो भएर चम्किलो देखिन्छ’ उनले भने,‘टाढैबाड उज्यालो देखिए पछाडिको सवारीले अगाडिको सवारीलाई ठोक्ने खतरा कम हुन्छ ।’

dirghayi clinic

ट्राफिक प्रहरी कार्यालयले मातहतका सबै इकाईलाई सवारी साधनमा स्टिकर टाँस्न निर्देशन दिएको छ । अहिले जिल्लाभर स्टिकर टाँस्ने अभियान सञ्चालन गरिएको कार्यालयको भनाई छ ।

चालु आर्थिक वर्षको मंसिरसम्म कञ्चनपुरमा २५ सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा परी १४ जनाले ज्यान गुमाएका छन् । ४५ जना घाइते भएका छन् ।

ती सवारी दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालयको भनाई छ ।

ट्राफिक इन्चार्ज पचभैयालले अँध्यारोका कारण ठोक्किएर भएका सवारी दुर्घटनालाई पनि तथ्याङ्कमा समावेश गरिएको बताए ।

चालु आर्थिक वर्षको मंसिरसम्म चार हजार आठ सय ४५ सवारी कारवाहीमा परेका छन् । त्यसबाट ३२ लाख राजश्व संकलन गरिएको छ ।

गत वर्ष जिल्लाभर ५६ सवारी दुर्घटना भएका थिए । ट्राफिक प्रहरीले दुर्घटनाम न्यूनीकरणका लागि जनचतेना मुलक कार्यक्रम गर्दै आएको छ ।

‘सवारी दुर्घटना न्यूनीकरणलाई जनचेतना नै सबैभन्दा महत्वपूर्ण हो’ ट्राफिक इन्चार्ज पचभैयाले भने,‘अवारनेशन बढेपछि अहिले दुर्घटनामा पनि कमी आएको छ ।’

Himal dental
सम्बन्धित
Loading...